भैरहवा, जेठ २६ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सिद्धार्थनगरले आज भैरहवामा राप्रपाको सान, गाई चिन्हमा मतदान भन्दै हजारौंको सङ्ख्यामा कार्यकर्ता लिएर र्याली निकालेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपालाई विजयी बनाउँ भन्दै पार्टी कार्यालय हाटबजार बाट मैत्रीपथ, मिलनचोक, नारायस्थान, बर्मेलीटोल, बुद्धचोक हुँदै अन्नपूर्ण टोलमा पुगेर कोण सभामा परिणत भएको थियो । सिद्धार्थनगरका विभिन्न वडाबाट आएका कार्यकर्ताले हिन्दु राष्ट्रको पहिचान, गाई चिन्हमा मतदान, भोट के मा गाईमा, राप्रपालाई जिताउँ, सुन्दर नगर बनाउँ भन्दै नाराबाजी गरेका थिए । केही दिन यता नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगायतका पार्टीको मेयर उम्मेदवार चुनिएपछि राप्रपा को सिद्धार्थनगरमा अस्तित्व छैन भन्दै टिका टिप्पणी हुन थाले पछि सिद्धार्थनगरमा राप्रपाको शक्ति कति छ भन्ने देखाउन र्याली निकालिएको राप्रपाका मेयरका उम्मेदवार सागरप्रताप राणाले बताए । अहिले सबै पार्टीको उम्मेदवार छनोट भई सकेको छ तर राप्रपाले जस्तो घोषणा पत्र लिएर कुनै पार्टी नआएको बताउँदै सिद्धार्थनगरमा राप्रपालाई कसैले धक्का लगाउन नसक्ने राणाले बताएका छन् ।
२५ रुपैयाँमा खाना खुवाउन, हरियाली स्वच्छ नगर बनाउने प्रति घरधुरी एक जनालाई रोजगारी दिलाउने, वृद्धि वृद्धालाई आवासको राम्रो प्रबन्ध मिलाउने, बैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै रोजगार दिलाउने, खाली रहेको सार्वजनिक स्थलमा मनोरञ्जनात्मक पार्क बनाउने संकल्प पत्र लिएर जनता सामु राप्रपा आएको हुँदा अन्य पार्टी हार्ने डरले राप्रपालाई खिल्ली उडाउन थालेकोले आजको जनमानसबाट तर्सिने छन् । राणाले भने सिद्धार्थनगर बासीले राप्रपाको चुनाव चिन्ह गाईमा भोट हालि विजयी बनाउने विस्वास लिएका छन् । सिद्धार्थनगरको कुना कुनामा समेत विकास गरेकोले स्थानीय तहको निर्वाचनमा राप्रपाले अत्यधिक मतले सबै वडामा विजयी हुने केन्द्रिय नेता तथा पूर्व मन्त्रि दिपक बोहोराले बताए । स्थानीय चुनाव भनेको हाम्रा भन्दा राम्रा छान्ने भएकाले नगरबासीले गाई चिन्हमा मतदान गर्ने छन् । विगतका वर्षहरुमा राप्रपाले गरेको गुन अहिले स्थानीयले भोट हालेर तिर्ने छन् । अन्य पार्टीका मेयर, उपमेयर तथा वडा अध्यक्षहरु व्यापारिक क्षेत्रबाट राजनीतिमा आएको र सिङगो राप्रपा राजनीतिबाट आएको हुँदा राप्रपालाई नगरबासीले विस्वास गरेको बोहोराले बताए । सो सभालाई सम्बोधन गर्ने वक्ताहरुले राप्रपाले सिद्धार्थनगर नयाँ योजना, कार्यान्वयन गर्न सकिने र जनताले विस्वास गर्ने योजना भएकाले भारी मतले राप्रपा विजयी हुने बताएका थिए ।
सिद्धार्थनगरमा राप्रपाका उपमेयरको भने टुङ्गो लाग्न सकेको छैन । उपमेयर पदकालागि रमिला थापा मगर केसि, दुर्गा श्रेष्ठ, गंगोत्री पाठक र उषा गुप्ताको चर्चा रहेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं। १ को अध्यक्षमा कुम बहादुर गुरुङ, २ मा छेदिलाल श्रीवास्तव, ३ मा राजेश कुमार ढकाल, ४ मा हरि बहादुर केसी, ५मा सञ्जय बेरिवाल, ६ मा इस्तियाक अहमद मुसलमान, ७ मा चन्द्रभक्त श्रेष्ठ, ८ मा कमल प्रसाद भूसाल, ९ मा सरोज भट्टराई, १० मा चन्द्रशेखर पाण्डे, ११ गणेश यादव, १२ मा योगेन्द्रध्वज थकाली १३ मा अर्जुन थापा चयन भएका छन् । राप्रपाको चुनावी अभियान रुपन्देहीमा निकै चहलपहलका साथ तीब्र पारिएको छ । -
onlinenewsnepal.com
Loading...