स्थानीय तहको चुनावमा उम्मेद्वार बन्नका लागि अर्घाखाँचीमा ६ जना शिक्षकले राजीनामा दिएका छन् । तीन महिला र तीन पुरुष गरि ६ जना शिक्षकले राजीनामा दिएर चुनावी मैदानमा होमिएका छन् । राजीनामा दिनेमा एमालेका शिक्षकहरु बढी रहेका छन्। एमालेबाट चार, कांग्रेसबाट एक र माओवादी केन्द्रबाट एकजना उम्मेद्वार बनेका रहेका छन् । तीनजना महिला उप–मेयर तथा उपाध्यक्षमा चुनाव लड्दै छन् । पुरुष शिक्षक भने वडा अध्यक्षमा चुनाव लड्दै छन् । भुमिकास्थान नगरपालिकाको उपमेयरमा एमालेले गंगा निमाविकी शिक्षका सुनिता बेल्बासेलाई उम्मेद्वार बनाउने निर्णय गरे पछि उहाँले राजीनामा दिनुभयो।
पाणिनी गाँउपालिकाको उपाध्यक्षमा कांग्रेसले नेपाल राष्ट्रिय मावि पणेनाकी शिक्षक अम्बिका पोख्रेल र एमालेले फर्सवाटाकुरा माविका शिक्षक लक्ष्मी गौतमलाई उम्मेद्वार बनाउने निर्णय गरेपछि उहाँहरु दुवैले राजीनामा दिएर चुनावको प्रचारप्रसारमा लाग्नु भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा एमालेबाट उम्मेद्वाार हुने भएपछि जनता कृष्ण मावि पकलेका शिक्षक ईश्वरीप्रसाद भुषालले शिक्षकबाट राजीनामा दिनु भएको छ ।
शितगंगा नगरपालिकाको वडा नम्बर १ को अध्यक्षको उम्मेद्वार बन्न मन्द्रे मावि सुवर्णखालका शिक्षक बुद्धिकृष्ण पौडेलले पनि राजीनामा दिनुभएको छ। यस्तै नेकपा माओवादी केन्द्रले मालारानी गाँउपालिकाको वडा नम्बर ९ बाट अध्यक्षमा सूर्य मावि गोखुंगाका शिक्षक फनबहादुर पुनलाई उम्मेद्वार बनाएपछि उहाँले पनि राजीनामा दिनु भएको छ।
प्रेमनारायण आचार्य
Loading...
