.

एमालेको जन भेटघाट कार्यक्रम सम्पन्न, श्रेष्ठ भन्छन् बहुमत होइन दुई तिहाइ बहुमत ।

कमल बिस्ट (२७जेष्ठ )
नेकपा एमाले सन्धिखर्क नगरपालिका वडा नम्बर २ वडा कमिटीको आयोजनामा सन्धिखर्क २ चुत्राबेशीमा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ, गाउँ नगरमा चुनावी माहोल तातिरहेको बेला स्थानीय जनताको भावना बुझ्न यो कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नेकपा एमाले केन्द्रीय स्कुल बिभाग सदस्य बुद्धि बहादुर रायमाझिले पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमालेले कसैलाई डराएर, धम्क्याएर नभई जनताले एमाले प्रती बिश्वास गरेर मत दिएको भन्दै दोस्रो चरणको निर्वाचनमा पनि एमालेकै बहुमत आउने दाबी गर्नु भयो । Image may contain: 27 people, people sitting and crowd

 त्यस्तै स्थानिय बासिन्दाले ढोरपाटन सडकको बिसयमा जिज्ञासा राख्दै उम्मेद्बारको धारणा मागेपछि नेकपा एमालेको तर्फबाट सन्धिखर्क नगरपालिकाको लागि मेयर पदका उमेदवार कृष्ण श्रेष्ठले आफुले जितेर सपथ खाएपछिको पहिलो बैठकले ढोरपाटन सडकबाट स्थानीय जनताको कम छती हुने बिकल्पिक निकासको निर्णय गर्ने प्रतिबद्धता जाहेर गर्दै स्थानीय जनताको अपार मायाले आफुलाइ जित मात्र होइन दुई तिहाइ मत सहितको जित हासिल हुने विस्वास ब्यक्त गर्नुभयो ।

 त्यस्तै उपमेयरकी उमेदवार ईश्वरा पोख्रेलले आफू मनमोहन र केपि ओलिको सपना स्थानीय तहबाटै साकार पार्न जनतामाझ आएकोले सेवा गर्ने मौका दिन आग्रह गर्नुभयो , अर्का बक्ता नेकपा एमालेको तर्फबाट सन्धिखर्क नगरपालिका वडा नम्बर दुई का अध्यक्ष पदका उमेदवार मोतिजङ्ग रायमाझिले जनताको बास भन्दा ठूलो सडक हुन नसक्ने भन्दै स्थानिय जनताले बाँसका किलाले बारेर नदि कटान बाट जोगाइ सरकारले लालपुर्जा समेत दिइसकेको चुत्राबेशी बजार ढोरपाटन सडकको नाममा उजाडिन नदिने बताउनु भएको थियो । कार्यक्रममा एमाले विशेष नगर समन्वय कमिटी संयोजक युवराज श्रेष्ठले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रम नेकपा एमाले सन्धिखर्क २ का वडा अध्यक्ष टोपलाल खनालको अध्यक्षता , सचिब नारायण खड्काको स्वागत र अनेरास्ववियु जिल्ला अध्यक्ष प्रदिप नेपालिको सन्चालनमा सम्पन्न भएको थियो ।
Loading...
Share on Google Plus