दोस्रो चरणको निर्बाचनको प्रचार प्रसारको माहोल ताती रहेकै समयमा जे सि भि चालक एकजना भुकेकास्थान नगरपालिका ६ खिल्जी निबासी बर्ष २२ का बिक्रम बस्नेत सन्धिखर्क १० रिठेपोखरिमा एकत्रित भएका एक समुहले कुटपिट गरि घाइते भएका छन ।
धरमपानी बाट सन्धिखर्क आउने क्रममा एक्कासि निजलाई सो समूहले कुटपिट गरेको थियो । निजको टाउकोमा ३ वटा टाँका लगाइएको छ उनी सन्धिखर्कमा उपचार पछि आराम गरेका छन । निजको अबस्था सामान्य भएपनी के कारणले आक्रमण भैइ घाइते भए प्रहरिले अनुसन्धान गरिरहेको छ ।
सोही स्थानमा हिजोपनी आतिष किरण बि. क . भन्ने ब्यक्तिलाई धम्क्याउने गरेको भन्ने पनि बुझिन आएको छ ।एकपार्टिका कार्यक्रता अर्को पार्टिका कार्यकर्ता बिच सामान्य बिबाद र मुढभेड हुनु एउटा कुरा हो तर नितान्त ब्यबसाय गरेर बस्ने ब्यक्ती बाटोमा बिना कारण कुटपिट हुँनुले अब निर्वाचन सम्म हिडदा डुल्दा बोल्दा अति नै ख्याल गर्नुपर्ने भएको छ ।
Loading...