.

अर्घाखाँचीमा जबरजस्ती करणी गरी २२ बर्षिय महिलाको हत्या

अर्घाखाँची जिल्लाको तत्कालीन चिदिका गा. बि. स. हाल छत्रदेब गाउँ पालिका वडा नं १ निबासी २२ बर्षिय सुमित्रा कुमालको जबरजस्ती करणी पछि हत्या भएको छ ।सन्धिखर्क २ भद्रीखोला निबासी बर्ष २२ को रमेश बादी ले गुल्मी जिल्ला र अर्घाखाँचीको सिमाना चिदिकाको केदुवा खोलामा निज महिलालाई जबर्ज्स्ति करणी गरि शक्त घाइते भै उपचारका लागि पाल्पामा उपचारको क्रममा निजको मृत्यु भएको हो ।

घटनामा संलग्न रमेश बादिलाई घटना घटेको ४ घण्टामा नै बल्कोट प्रहरी चौकी र गुल्मीको खर्ज्याङ प्रहरी चौकिको प्रहरिको टोलिले प्रकाउ गरि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा थुनामा राखिएको छ ।अभियुक्त रमेश बादी बिगत समयमा मथुरा स्थित एक घरमा रहेको भैसिको पाडी चोरेर खाएको बिषयमा जिल्ला अदालत बाट ३७ हजार ५ सय जरिबाना र क्षतिपूर्ति सहित जिल्ला कारागारमा कैद भुक्तान गर्नुको साथ साथै निजले क्षतिपूर्ति बापतको रकम भुक्तान नगरे बापत प्रहरिले खोजबिन गरिरहेको थियो ।

सो क्षेत्रमा निजले बालुवा ,गिट्टी समेतको काम गर्ने गरेको बुझिएको छ ।आपराधिक प्रवृत्तिको निजले सो भद्रीखोलामा अशान्ति मच्चाएको आरोपमा बारम्बार थुनामा पर्दै आइरहेको थियो ।निजलाई जबरजस्ती करणी ,कर्तव्य ज्यान, सम्बन्धि मुद्दा चलाउने तैयारी भै रहेको जिल्ला प्रहरि कार्यालयका प्रहरि निरीक्षक प्रदिप कुमार डि. सि. ले जानाकारी दिनु भएको छ ।
सहयोगी विसी / असार २, अर्घाखाँची
Loading...
Share on Google Plus