.

सन्धिखर्कमा सम्पन्न प्रथम मिडियाकप फुटसल प्रतियोगितामा रेडियो देउरालिको टिम च्याम्पियन !

कमल बिस्ट (जेष्ठ ६) 
सन्धिखर्कमा अवस्थित नयाँ एफ.एम. प्रालिले आफ्नो स्थापनाको पाँचौ वार्षिकोत्सबमा आयोजना गरेको प्रथम मिडियाकप फुटसल प्रतियोगितामा रेडियो देउरालिको टिमले उपाधी चुमेको छ। जिल्लामा संचालित चारवटा एफएम र एक पत्रीका गरि पाँच टिमले सहभागिता जनाएको प्रतियोगिताको पहिलो खेलमा अर्घाखाँची एफ.एम. को टिमलाइ २-० र सेमि फाइनलमा नयाँ एफ एमको टिमलाई ७-० ले पाखा लगाउदै फाइनल प्रवेश गरेको रेडियो देउरालिको टिमले फाइनल भिडन्त बुलन्द राष्ट्रिय साप्ताहिकको टिम सङ्ग १-० को रोमान्चक जित निकाल्दै उपाधी चुम्यो भने बुलन्द साप्ताहिकले उपबिजेतामै चित्त बुझायो । हाफ टाइम सम्म बराबरिमा रहेको खेल दोस्रो हाफको सुरुवातमै गणेश क्षेत्रीको पासलाई टिम कपतान कमल बिस्टले गोलमा परिणत गरेपछी त्यसपछि कुनै टिमले गोल गर्न नसक्दा सोही गोल निर्णायक साबित भयो र रेडियो देउरालीको टिमले उपाधी चुम्न सफल थियो , रेडियो देउराली को टिमले भने गोल रक्षक लक्ष्मण घिमिरेको उत्कृष्ट पर्दर्शनमा तीन वटै खेलमा कुनै गोल नखाने टिम बनेको छ । फुटसल प्रतियोगिताको समापनमा बोल्दै नया एफएमका स्टेसन म्यानेजर हरिप्रसाद भुसालले बिजेता टिमलाई यहि १३ गते सन्धिखर्कमा बृहत् अन्तरक्रिया गरि पुरस्कार वितरण, पत्रकारिता पुरस्कार र स्रोता सम्मान गर्ने जानकारी दिनुभएको छ । प्रतियोगिताको उद्घाटन उद्घाटन प्रमुख अतिथि तथा जिल्ला न्यायाधीश केशव प्रसाद बास्तोलाले गर्नुभएको थियो, कार्यक्रममा अतिथिको रुपमा सबुज गणका गणपति लक्ष्मीभक्त श्रेस्ठ नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष हिमबहादुर जिसि लेकाली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्दिप्रसाद भुसाल लगायतको सहभागिता रहेको थियो, कार्यक्रम नयाँ एफएमका स्टेशन म्यानेजर हरिप्रसाद भुसालको अध्यक्षता र शेसकान्त घिमिरे (ओसन) को सन्चालनमा सम्पन्न भएको थियो ।
Loading...
Share on Google Plus