.

यी हुन् सन्धिखर्क नगरपालिका १२ का वडा अध्यक्षका उम्मेदवार

विक्रम पाण्डे समान्ता 
जेष्ठ ०९, डिभर्ना, अर्घाखाँची          निवाचर्न आयोगले दोस्रो चरणको स्थानीय तह चुनावको मिति अघि सारै सँगै अर्घाखाँची जिल्लामा चुनावको चहल पहलले तिब्रता पाएको छ । दुई दशक सम्म हुन नसकेको स्थानीय तहको चुनाव यो पटक हुदाँ पनि आम नागरीकहरुमा चुनावको रन्कोले छोएको देखिन्छ । यो ब्यक्ति उम्मेदवार उठे त मैले भोट हाल्थेँ, यस्को त गाउँ घरमा राम्रो प्रभाव छ , यस्ले गाउँको विकास गर्न सक्छ हो यस्तै यस्तै विषयहरुले बढो स्थान पाएका छन् आजभोलीका गाउँ घरका चिया, पसल , र चौताराहरुका भेला र समूहहरुले आफुले मन पराएको ब्यक्तिलाई भोट हाल्न मतदाता निकै उत्साहित देखिन्छन् साथै यो सुनौलो अबसरलाई छुटाउनु हुँदैन भन्छन् । नेताहरु आप्ःनो उम्मेदवार दिन लागी परेका छन् ।

 त कतै आफुलाई पनि उम्मेदवार उठाउन पर्यो भन्दै गाउँका नेताहरु जिल्ला तहका नेताहरु सँग दैनिक जसो छलफलमै ब्यस्त देखिन्छन् । यसैविच सन्धिखर्क नगरपालिका वार्ड नं. १२ मा पनि चुनावी चौनकले छोएको छ । गाउँका नेताहरु भोट माग्न घरघर हिड्न लागेका छन् । यस वार्डमा प्रमुख तीन दल नेपाली काङग्रेस , नेकपा एमाले र माओवादी केन्द्र विच नै प्रतिस्पर्धा देखिन्छ । नेपाली काङग्रेसले वार्ड अध्यक्ष पदका लागि युवा नेता नारायण खड्कालाई उम्मेदवारमा अगाडी सारेको छ । सहयोगी भावना भएका खड्का आफुले चुनाव जित्ने दावी गर्छन् । युवा वर्गमा निकै लोकप्रीय मानिएका खड्का नेपाली काङग्रेसबाट यस क्षेत्रमा निर्विरोध उम्मेदवारमा उठाईएका नेता हुन् । उनी नेपाल तरुण दलका जिल्ला अध्यक्ष समेत हुन् ।

गाउँ तह देखि जिल्ला तह सम्म निकै राम्रो छबि बनाएका नेता मानिन्छन् खड्का त्यस्तै यस वडामा नेपाली काङग्रेसबाट सदस्यहरुको टुङगो भने लागी सकेको छैन । उता नेकपा एमालेले भने पञ्चायत कालमा प्रधान पञ्च समेत बनि सकेका नेता नारायण श्रेष्ठलाई वार्ड अध्यक्षको उम्मेदवारमा उठाएको छ । श्रेष्ठ मतदाता सँग निकै भिजेका र लाकप्रिय नेता मानिन्छन् । एमालेवाट सदस्यहरुमा नारायण बस्याल , मधु कुमार श्रेष्ठ , महिला सदस्यमा पार्वता श्रेष्ठ र दलित महिला सदस्यमा माया नेपालीलाई उठाएका छन् ।

 त्यस्तै माओबादी केन्द्रले जीवन कुमार बस्याललाई वार्ड अध्यक्षको उम्मेदवारमा उठाएको छ । त्यस्तै सदस्यमा राम बहादुर विक , महिला सदस्यमा हिरा जिसी , दलित म. सदस्यमा हिमकला ताम्राकारलाई उठाएको छ भने एक जनाको नाम अझै टुङ्गो लागेको छैन । यसैविच राष्टिय जनमोर्चाले पनि उम्मेदवार दिने भन्ने पनि सुन्नमा आएको छ ।
Loading...
Share on Google Plus