कमल बिस्ट: आफ्नो पाचौं स्थापना दिवसको अवसर पारेर सन्धिखर्कमा अवस्थित नयाँ एफ.एम. प्रा.लि. ले आगामी जेष्ठ ६ गते जिल्लामा संचालित संचार माध्यम बिच मैत्रीपूर्ण मिडिया कप फुटसल प्रतियोगिताको आयोजना गरेको छ, एक टिममा ५ जना खेलाडी समाबेश भै सानो मैदान र सानै गोलपोस्टमा फुटबल जसरी नै खेलिने खेल फुटसल अर्घाखाँचीमा पहिलो पटक आयोजना गर्न लागिएको हो।प्रतियोगिताले जिल्लामा क्रियाशिल मिडियाकर्मी बिच आत्मियता बढाउनुका साथै खेल बिकासमा प्रेरणा थप्ने आयोजकको भनाइ छ । यस्तै जेष्ठ १३ गते स्थापना दिवसको दिन सन्धिखर्कमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने, उत्कृष्ट फुटसल टिमलाई पुरस्कार वितरण गर्नुका साथै जिल्लाको एकजना पत्रकारलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्ने लगायतका कार्यक्रम गर्ने जनाएको छ ।
Loading...