.

ज्योतिषशास्त्र: बिहिवारको दिन गर्नुहोस् यी उपाय जसले गर्दा घरमा सधै लक्ष्मीको बास हुनेछ

ज्योतिष शास्त्रमा वृहस्पति ग्रहलाई भाग्यको कारक ग्रह मान्ने गरिन्छ र बिहिवारको दिनमा वृहस्पति ग्रह बलियो बनाउन विभिन्न उपाय अपनाईन्छ।

साथमा यो दिनमा भगवान बिष्णुको पनि विशेष पुजा गरिन्छ। जुन मानिसले भगवान बिष्णुको पुजा गर्छ उ संग महालक्ष्मी प्रसन्न भएर घर-परिवारमा सुख-समृद्धि छाउछ। बिहिवार पुजा गर्दा गर्नुपर्ने केहि उपायहरु जसले वृहस्पति ग्रहको दोषलाई टाढा भगाउछ:
१. बिहिवार सुर्य उदाउनु भन्दा पहिले उठ्नुस र नुहाएर चोखो मनले भगवान बिष्णुको लागि घ्यु हालेर दियो बल्नुस !

२. बिहिवारको दिन केराको बोट मुनि दियोमा बत्ति बाल्नुस, गरिब बच्चाहरुलाई केरा दान गर्नुस् !

 ३. गुरु वृहस्पतिको मुर्ति अथवा फोटोमा पहेंलो कपडामा राखेर पुजा गर्नुस् ! पुजामा केशरी,चन्दन, पहेंलो चामल, पहेलो फुल र प्रशादको लागि पहेंलो परिकार अथवा फलफुल चडाउनुस !

४. बिहिवारको दिन पहेलो कपडा लगाउनुस र नुन नभएको खान खनुस ! भोजनको लागि पहेंलो परिकार जस्तै बेसनको लड्डु, आप, केरा राख्नुस् !!

५. ऊँ वृ वृहस्पते नम: यो गुरु मन्त्रको जप कम्तिमा पनि १०८ पटक गर्नुस् !!

 ६. बिहिवार पुजा गरिसकेपछि केसरिको टिका लगाउनुस र दिनको सुरुवात गर्नुस् !!

 ७. हरेक बिहिवार शिब जी लाई बेसनको लड्डुको भोग लगाउनुस, यस्तो गर्नाले वृहस्पति ग्रहको दोष टाढा हुन्छ। बिहिवार वृहस्पति ग्रहको लागि ब्रत बस्नुस् !!

 ८. वृहस्पतिसँग जोडिएका पहेंलो बस्तुहरू जस्तै: सुन, बेसार, चनाको दाल, आप आदि गरिबहरुमा दान गर्नुस् !
Loading...
Share on Google Plus