.

सामाजिक कार्यमा नयाँ सन्देश छर्दै सुपादेउराली युथ नेटवर्क


राजु खडका

अर्घाखाँची जिल्ला बाट आफ्नो उच्च शिक्षाको लागि राजाधानी काठमान्डौमा अध्ययनरत अर्घाखाँची बाशी जुजारु युवा युवतीहरुको साझा चौतारी सुपादेउराली युथ नेटवर्क दर्ता भए लगत्तै बिभिन्न सामाजिक कार्यमा सकृय हुन थालेको छ। बिराज घिमिरे को अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँची बाट दर्ता भई आन्तरिक राजस्व कार्यलय कृष्णनगर बाट लेखा नम्बर प्राप्त साथै समाज कल्याण मन्त्रालय काठमाडौमा 
समेत आबद्ध हुन सफल उक्त संस्थाका सचीवमा नरायण घिमिरे रहनु भएको छ। 

आफुले शिक्षा हासिल गर्दै गर्दा केही समय समाजमा उन्नती र चेतना फैलाउने दायित्व पनि हामी हरुको भन्ने सोचका साथ शुरु गरिएको सुपादेउराली युथ नेटवर्क संस्थाले आफ्नो सामाजिक यात्रा बागमती नदीलाई सफा राख्नु पर्छ भनी सरसफाई कार्यक्रममा शुरु गरेको थियो। 

हरेक नेपालीहरु सम्म ज्ञानको ज्योति पुग्नु पर्छ, हामी सबैमा आपसी एकता भए मात्र देशले मुहार फेर्ने छ भन्ने बिचार राख्ने यो समुहले बिज्ञान र प्रबिधी बाट कोही पनि बन्चित हुनुहुदैन भन्ने चाहना राखेको छ। जिल्लाको चौतर्फी बिकासमा टेवा पुराउने पहिलो प्राथमिकता राखेका पनि देशमा बिशेष स्थान र आबश्यक परेको बेला हरेक समुदाय सँग सहकार्य गर्न आफुहरु तयार रहेको बताउदछन। 

नयाँ बर्षको पहिलो दिन बैशाक १ गते रुपन्देही को सैनामैनामा रहेको एक अनाथ आश्रममा रहेका भाई बहिनीहरु लाई खेलकुद ले नै मानिसलाई समाजमा अनुशासित भई बाँच्न सिकाउछ भन्ने बिचार  राख्दै कुर्ची दौड गराई पुरस्कार बितरण गरेका थिय साथै उनिहरुको दिन चर्याको लागि आबश्यक पर्ने खाध्यानका सामाग्रीहरु, ज्ञानमुलक पुस्तकहरु र खेलकुद सामाग्रीहरु संस्थाका सचीव नरायण घिमिरेको अध्यक्षता मा बिशेष कार्यक्रम मार्फत बितरण गरेका थिए।

सुपादेउराली युथ नेटवर्क का बुटवल स्थित १३ जना साथीहरुको उपस्थितीमा आयोजना गरेको सो कार्यक्रमलाई सदस्य नवराज खनाल ले सन्चालन गर्नु भएको थियो भने बिशेष अतिथीमा कोषाध्यक्ष पुजा बेल्वासे रहनु भएको थियो।

अनाथ आश्रममा रहेका भाई बहिनीहरु को भबिस्य प्रती चिन्तित भई एस्तो किसिमको कार्यक्रम आयोजना गरी उपलब्ध गराएको सहयोग प्रती आभार प्रकट गर्दै आश्रमका प्रतिनिधीले यस्तै किसिम कार्यक्रमको जोड दिन अनुरोध गर्नुभएको थियो। अन्त्यमा उपस्थिती मान्यजनहरुलाई शुभकामना दिदै बालबालिकाको सुनौलो भबिस्यको कामना गर्दै सचीव नरायण घिमिरेले सम्पूर्ण सहयोगी प्रती आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।  

Loading...
Share on Google Plus