काठमाडौं, चैत्र ३ – लगनखेलकी मिना
न्यौपाने हरेक दिन साझा बस चढेर चक्रपथ ओहोरदोहोर गर्नुहुन्छ । अरु बसमा
भन्दा साझामा यात्रा गर्दा सहज हुने उहाँको भनाई छ । साझाले मेसिनबाट भाडा
उठाउन थालेपछि त उहाँ झन् दंग हुनुहुन्छ ।
विकसित
मुलुकमा प्रचलनमा रहेको कार्ड प्रणाली नेपालमा साझा यातायातले पहिलोपटक
सुरु गरेको हो । ‘पहिले बस चढ्दा खुद्रा रुपैयाँ छ कि छैन भनेर चिन्ता
हुन्थ्यो, खुद्रा नहुँदा तोकिएको भन्दा धेरै रकम समेत छोडेर हिँड्नुपर्ने
अवस्था थियो’ न्यौपानले भन्नुभयो ‘स्मार्ट कार्डको व्यवस्था भएपछि त न
खुद्रा पैसाको चिन्ता, न बढि भाडा नै तिर्नुपर्ने , सजिलो भएको छ ।’
साझाले लगनखेलदेखि नयाँ बसपार्कसम्मको
रुटमा रहेको १० वटा गाडीमा साझा स्मार्ट कार्ड प्रयोगमा ल्याएको हो ।
परीक्षणको रुपमा प्रयोग भएको लामो समयपछि यसलाई चैत १ गते औपचारिक रुप
दिईएको हो ।
साझाका सहचालक खेमनारायण चापागाईंका
अनुसार कार्ड प्रणालीबाट भाडा उठाउँदा कन्डक्टर र यात्रुबिच हुने विवादको
पनि अन्त्य हुनेछ । ‘कार्डमा रकम भए सम्म दुरी अनुसारको भाडा मेसिनले नै
काट्छ, त्यसैले यात्रु र कन्डक्टर बिच विवाद नै हुँदैन’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार साझा यातायातको बसमा दैनिक यात्रा गर्ने यात्रुलाई कार्ड
प्रणाली फलदायी हुनेछ ।
साझाले ल्याएको स्मार्ट कार्ड साझा
यातायातको बस स्टप लगनखेलमा पाईने साझा यातायातका निमित्त प्रमुख कार्यकारी
अधिकृत महेन्द्रराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार स्मार्ट कार्डको
प्रयोग गरेर भाडा तिर्दा यात्रुहरु ठगिने सम्भावना कम हुन्छ ।
यात्रुका लागि साझा स्मार्ट कार्ड लागू
भएको दिन साझा यातायातले १ सयजना यात्रुलाई दुई सय रुपैयाँ बराबरको कार्ड
वितरण गरेको पनि उहाँले जानकारी दिनुभयो । साथै पाँचसय कार्ड नेपाल बैंकका
सेवाग्राहीलाई दिईने उहाँले बताउनुभयो । ‘यो कार्ड प्रयोगमा आउँदा
प्रभावकारी हुनेछ’ उहाँले भन्नुभयो ‘यसलाई उपत्यकाव्यापी बनाउने र साझा
बाहेक अरु बसमा पनि प्रयोग गर्न मिल्ने बनाउने छौं ।’
के हो साझा स्मार्ट कार्ड ?
स्मार्ट कार्ड गाडी भाडा भुक्तानीका लागि
प्रयोग हुने कार्ड हो । यसको प्रयोग गरेर साझा बसमा यात्रा गर्ने यात्रुले
भाडा तिर्न सक्ने छन् । यो कार्ड प्रयोग गर्ने यात्रुले चढेको र झरेको
दूरीका आधारमा ढोकामा जोडिएको मेसिनमार्फत रकम काटिने छ । यसमा साझाले
तोकिदिएकै रकम मात्र काटिने पाण्डेले बताउनभयो ।
यात्रु चढ्दा पछाडि ढोकामा राखिएको मेसिनमा र झर्दा अगाडि ढोकामा राखिएको मेसिनमा कार्ड देखाउनु पर्ने हुन्छ ।
सुरुमा कार्ड किन्दा दुईसय रुपैयाँ रिचार्ज हुन्छ भने नगद सकिएमा फेरि रिचार्ज गर्नुपर्छ ।
सुरुमा कार्ड किन्दा दुईसय रुपैयाँ रिचार्ज हुन्छ भने नगद सकिएमा फेरि रिचार्ज गर्नुपर्छ ।
source:ujyaaloonline.com
Loading...