एजेन्सी, भारत गुजरातको सूरत शहरलाई
हीराको नगरीका रुपमा लिने गरिन्छ । यसै हिराको नगरीमा १८२.३
क्यारेटको कच्चा हिराको ३६.५ ग्रामको भगवान गणेशको मुर्ति बनाइएको छ । जसको
मुल्य ९६० करोड रुपैया पर्ने बताईएको छ ।
९६० करोडको भगवान गणेशको मुर्ति सूरतका
प्रसिद्ध हिरा ब्यापारी कनुभाई आसोदरियाले बनाएका हुन् । घरमा पुजाको लागि
बनाइएको यस मुर्तिलाइ उनको परिवारले अराध्यदेवको रुपमा पुज्ने गरेको
बताइएको छ । आसोदरियाको अनुसार यो हिरा १२ वर्ष पहिले बेल्जियमबाट कच्चा
हिरासंगै आएको हो । संसारकै महँगो मानिने हिरा कोहिनुर भन्दा महँगो मानिएको
छ ।
Loading...