.

‘आफ्नो देश फर्की’ भन्दै अमेरिकामा अर्का भारतीय माथी गोली प्रहार

२२ फागुन, एजेन्सी।
अमेरिकामा एक सिख पुरुषलाई गोली हानिएको छ। ३९ वर्षका ती भारतीय सिखलाई उनै घरअगाडी गोली हानिएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन्।
गोली लागेका ती पुरुषको अवस्था खतरामुक्त बताइएको छ।
१० दिनभत्रि अमेरिकामा भारतीयलाई गोली हानिएको यो तेस्रो घटना हो।
आधा अनुहार ढाकेको करिब ६ फिट अग्लो गोरो व्यक्तिले आफुलाई गोली हानेको घाइते भएका ती पुरुषले बताएका छन्। ‘तेरो देश फर्कि। यसपछि गोली चलायो, मेरो बाँया खुट्टामा लाग्यो’, उनले भने।
वाशिङ्टनको केन्टमा यो घटना शुक्रबार भएको हो। प्रहरीले घटना गम्भीर भएको र अनुसन्धान जारी रहेको बताएको छ।
यसअघि २२ फेब्रुअरीमा भारतीय इन्जिनियरको गोली हानी हत्या गरिएको खबर आएको थियो। लगतै २ मार्चमा पनि अमेरिकामा एक भारतीय व्यवसायीलाई गोली हानी हत्या गरिएको थियो।
Loading...
Share on Google Plus