फागुन २२,काठमाडौं । विगत २० बर्षदेखि रेडियो नेपालमा काम गर्दै आएकी गायिका तथा संचारकर्मी कोमल वलीलाई रेडियो नेपालले आज बिदाई गरेको छ ।
सिंहदरबारस्थित रेडियो नेपालको कार्यालयबाट वलीलाई बिदाइ गरेको हो । रेडियोले वलीलाई बिषेश कार्यक्रम गरेर बिदाई गरेको हो। बिदाई कार्यक्रममा आफुलाई सम्हालेर बसिरहेकी वली एक्कासी रोएकी थिइन् ।
करार समेत गरेर वलीले रेडियो नेपालमा २३ बर्ष बिताइ सकेकी थिइन् । रेडियो नेपालबाट बिदाई भए पनि रेडियो नेपालसँगको आफ्नो सम्बन्ध शब्दमा व्यख्या गर्ने आफुले नसक्ने वलीले बताइन् । उनले भनिन्-‘अहिले म जहाँ छु जे छु , त्यो रेडियो नेपाल कै कारणले छु ।’
‘तर पनि हरेक साँझ रेडियो नेपाल नआउँदा आफुलाई छटपछि हुने गर्छ । तर पनि आफुलाई समालेको छु । रेडियो नेपाल नै हो जसले कोमल वलीलाई चिनाह्यो । रेडियो नेपालका हरेक कुरालाई मिस गर्ने छु । जुन बेला मन लाग्छ म रेडियो नेपाल आउने छु ।’
राप्रपामा लागेर राजनीतिमा होमिन वलीले रेडियो नेपालको सरकारी जागिरबाट राजिनामा दिएकी थिइन्। उनी खुल्लाबाट राप्रपाको केन्द्रीय सदस्यमा विजयी भएकी हुन् ।
Loading...