.

२ नम्बर प्रदेशमा, एमाले–मोर्चा भिडन्तको अवस्थामा

काठमाडौं । संविधान निर्माण प्रक्रिया सुरु भएसँगै विपरीत धु्रवमा रहेका एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भिडन्तको अवस्थामा पुगेका छन् । मोर्चाको संविधान संशोधन मागलाई एमालेले अस्वीकार गर्दै आएको छ।
संविधान जारी गर्दाको समयदेखि नै एमाले र मोर्चाबीच तनावपूर्ण अवस्थ रहँदै आएको छ । एमाले मधेस बिरोधी भएको मोर्चाको आरोप छ । तर एमाले नेता पार्टी मधेस र मधेसीको नभइ मोर्चाको मागका विपक्षमा रहेका बताउँछिन् । एमाले अभियानको मुख्य केन्द्र प्रदेश नम्बर २ का आठ जिल्ला हुने स्पष्ट छ । एमाले सचिव योगेश भट्टराईले शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न नदिनु सामाजिक फाँसीवादी र अधिनायकवादी चरित्र भएको बताए ।

सप्तरीमा अभियानको प्रचार गर्दै हिँडेका एमाले जिल्ला कमिटी उपसचिवलाई मोर्चाका कार्यकर्ताले हातपात गरेका छन् । पुर्वाञ्चल विश्वविद्यालयको कार्यक्रममा सहभागी हन आइतबार विराटनगर आएका प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दललाई कार्यक्रम गर्न छुट रहेको भन्दै अवरोध गर्न नहुने बताए । उनले परिस्थिती सहज बनाउन एमाले र मोर्चाका नेतासँग छलफल भैरहेको जनाए । पूर्व क्षेत्रीय प्रहरी कार्यालय प्रमुख डिआइजी रमेश कुमार भट्टराईले शान्तिपूर्ण कार्यक्रम गर्न पाउने अधिकार प्रत्याभूत गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताए । आजको नागरिक दैनिकमा खवर छ । -
Loading...
Share on Google Plus