.

निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी भर्ना गरिने, को–को हुन पाउँछन् ?

काठमाडौं । गृह मन्त्रालयले आगामी निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको छ । केन्द्रीय सुरक्षा समितिले चुनावमा करिब २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।
 ७५ हजार म्यादी प्रहरी भर्नाका लागि सम्भवत आइतबार मन्त्रिपरिषदमा प्रस्ताव जाने गृहमन्त्रालयले जनाएको छ । २२ हजार मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले मात्र सुरक्षा दिन नसक्ने भएपछि गृह मन्त्रालयले म्यादी प्रहरीको प्रस्ताव गरेको हो । २०७० को स्थानीय चुनावमा ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । म्यादी प्रहरीमा दलका कार्यकर्ता भर्ती हुने र तिनीहरुले निष्पक्ष निर्वाचनमा असर पार्ने गरेको आलोचना हुने गरेको छ । तर, उपलब्ध सुरक्षाकर्मीहरु मात्र अपर्याप्त हुने भएकाले म्यादी प्रहरी भर्ना गर्नुपर्ने गृहको प्रस्ताव छ ।

को-को लाई प्राथमिकता ? गृहमन्त्री निधिले म्यादी प्रहरी राजनीतिक पहुँचका आधारमा भन्दा पनि योग्य व्यक्ति छनोट गरिने बताए । ‘म्यादी प्रहरी छनोटमा अब राजनीतिक सोर्सफोर्स चल्दैन,’ उनले भने– ‘पूर्व प्रहरी, पूर्व सैनिक र पूर्व म्यादी प्रहरी नै प्राथमिकतामा रहनेछन् । स्थानीय युवालाई नै बनाउनुपर्छ भन्ने अब हुँदैन् ।’ यस्तो छ भर्ना खोल्ने मन्त्रालयको तयारी गृह मन्त्रालयका अनुसार म्या म्यादी प्रहरी भर्नाको लागि मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने भएकोले मन्त्रालयले प्रस्ताव तयार गरी पठाउने तयारी भइरहेको छ ।

७५ हजारभन्दा बढी चाहिने भएकोले त्यही संख्यामा प्रस्ताव तयार गर्न लागिएको मन्त्रालयले जनाएको छ । प्रहरीकै सहयोगीका रुपमा रहने म्यादी प्रहरीहरुलाई निर्वाचनको केही दिन अगाडि मतदान केन्द्रहरुको सुरक्षाका लागि खटाईने छ ।
Loading...
Share on Google Plus