.

सप्तरी झडप अपडेट :- प्रहरीको गोली लागेर ३ जनाको मृत्यु

सप्तरीमा सोमबार भएको झडपमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । प्रहरीको गोली लागेर रञ्जन मेहता, दिगम्बर यादव र अर्का नाम नखुलेका एक जना गरी ३ जनाको मृत्यु भएको मधेसी मोर्चाका नेता गजेन्द्र मण्डलले जानकारी दिए ।
 एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चलेपछि मोर्चाका कार्यकता र प्रहरीबिच आज अपराह्न्नपछि भएको झडप भउको थियो । यसैबिच राजविराजका भएको झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल बम हान्न थालेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ ।
 सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले अवस्थाको पुष्टी गर्दै मोर्चाका कार्यकर्ताले गुलेली र पेट्रोल बमले समेत आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीबाट गोली चलेको बताएका छन् । झडपमा २ दर्जन बढी घाइते भएको बताइएको छ । जसमध्ये छ जनालाई धरान लैजाने क्रममा दुईजनाको मृत्यु भएको हो । दुई जनालाई राजविराज फिर्ता पठाएर बाँकीलाई धरान पुर्याइएको नेता मण्डलले बताए ।
Loading...
Share on Google Plus