अमेरिकामा
गत जनवरी २० तारिखका दिन नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएर सत्ता
सम्हालेपछि बाराक ओबामा अब के गर्दैछन् र कहाँ बस्दैछन् भन्ने आम चासोको
विषय छ ।
राष्ट्रपति
पद छाडेपछि ओबामा एक व्यक्तिको घरमा भाडामा बसेका छन् । उक्त घरमा उनी दुई
वर्ष बस्ने तयारीमा छन् । उनले अब छिट्टै कुनै एक कम्पनीमा जागिर गर्दैछन्
। तर त्यो कुन कम्पनी हो भन्ने कुरा सार्वजनिक गरिएको छैन । ओबामा निकट
स्रोतका अनुसार उनीसँग आफ्नै कार भने छैन । तर उनीसँग एक वटा पुरानो बाईक छ
। त्यही बाईकमा चढेर उनी नयाँ कम्पनीमा काम गर्न जाने बताईएको छ ।

स्रोतका अनुसार उनले कुनै एक प्राईभेट कम्पनीमा जागिरका लागि आवेदन दिएका छन् । उनी छिट्टै उक्त कम्पनीमा आबद्ध हुने तयारीमा रहेको सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाको कानुन अनुसार पूर्व राष्ट्रपतिहरुलाई बस्नका लागि सरकारले कुनैपनि सरकारी आवासको व्यवस्था गर्दैन ।
ओबामा
भाडामा बस्नुको पछाडि उनको कान्छी छोरी लिहाजाको पढाई नसकिनु पनि रहेको छ ।
उनका कान्छी छोरीको पढाई नसकिने बेलासम्म उनी राजधानी वासिंगटन डिसीमै
रहने छन् । तर उनलाई सरकारले सुरक्षा भने दिनेछ । साथै उनको परिवारका अन्य
सदस्यहरुलाई समेत सरकारले गोप्य तरिकाले सुरक्षा दिनेछ । तर ओबामाको घर भने
सिकागोमा रहेको छ । अन्नपूर्ण पोस्ट बाट )
Loading...