उनी, अर्थात सक्ला– १ लैखमकी ६५ वर्षीया
देउमी खत्री। तर ति आमालाई के थाहा, आफैले जन्म दिएको छोराको मनमा पाप
पलाएको। आफ्नै कान्छो छोरा बुद्धिबहादुर खत्रीले हत्या योजनाकै लागि घरमा
डाँकेको उनलाई शंकै भएन।
छोराको घर पुगेर साँझको खाना खाएर सुत्नै
लागेको बेला उही छोरो टुप्लुक्क आइपुग्यो। आज आउँदिन भनेर पार्टीको बैठकमा
गएको छोरो राति ८ बजेतिर घरमा आएकोे देखेर आमा देउमीले सोधिन्–बाबु आज
आउँदिन भन्थिस् त ?’
प्रश्न सुनेर बुद्धिबहादुरको जवाफ थियो, ‘होइन आमा, काम सकियो अनि आएँ।’
आमा मस्त निद्रामा पुगेपछि बुद्धिबहादुर र उनकी पत्नी शर्मिला आफ्नो पूर्व योजना अनुसार हत्यामा उत्रिए।
पतिलाई शर्मिलाले आमा निदाएको इशाराले
बताइन्। पहिले नै तयारी अवस्थामा राखेको बन्चरो निकाल्न छोरा तम्सिए।
शर्मिलाले बत्ति बालेर बञ्चरो प्रहार गर्न कोठा उज्यालो पारेर सघाइन्।
बुद्धिबहादुर दम्पत्तिले प्रहरीमा दिएको
वयान अनुसार निदाएकी आमालाई उल्टो बन्चरोले पहिलो प्रहार गरेका थिए। ‘पहिलो
प्रहारले छट्पटाएपछि अर्को प्रहार घाँटीमा गरें,’ बुद्धिबहादुरले प्रहरीमा
भने ‘आमा चल्बलाउन छाडेपछि दुबैजना मिलेर घसार्दै नजिकैको मकैबारीमा लगेर
गाड्यौं।’
उनीहरुका अनुसार गाड्नका लागि एक दिन अघि नै खाल्डो खनेर ठिक्क थियो।
खाल्डो खनेकोमा शंका नहोस् भनेर उनीहरुले खनेको जमिनमाथि पिपलको बिरूवा पनि रोपे।
साउन २२ गते आमाको हत्या गरेर मकैबारीमा
गाडेका वुद्धिवहादुरले २३ गते विहान गाउँमा आमा घरबाट हराएको आफैले हल्ला
चलाए। खोजिदिन भन्दै प्रहरी चौकीमा निबेदन पनि दिए ।
घटनाको दश दिन पछि शंका बढ्दै गएपछि
गाउँलेहरुले बुद्धिबहादुरको घर भित्र र आसपास खोजि सुरु गरे। मृतकका कपडा र
केही सामान कोठामै भेटिएपछि शंका झनै चुलियो।
गाउँलेले धामी–झाँक्री लगाएर हत्यारा पत्ता
लगाउने डर देखाएपछि वुद्धिवहादुर थप त्रसित बने। अन्ततः उनले हत्या स्विकार
गरे। अकल्पनीय हत्याको रहस्य गाउँले आफैले पत्ता लगाएपछि प्रहरीमा खबर
गरेर दुबैलाई पक्राउ गर्न सघाए।
पतिको मृत्यु पछि केही समय कान्छो छोरासँग
बसेकी आमा बेमेल बढेपछि छुट्टिएर अलग्गै बस्दै आएकी थइिन्। नलसिंहगाड
जलविद्युत आयोजना निर्माणका लागि अधिग्रहणमा परेको जग्गा आफनो नाउँमा
नामसारी गराउनका लागि छोरा वुद्धिवहादुरले दवाव दिँदै आएका थिए। जग्गाको
नामसारी गराउन गरेको प्रयास मालपोतले देउमीका जेठाछोराका छोराछोरीको
सहमतिविना गर्न नमिल्ने भनेपछि उनीहरु आमाको हत्या गर्ने योजनामा पुगेका
अनुसन्धानबाट खुलेको छ।
‘जग्गा नामसारीका लागि मेरी पत्नी (सर्मिला) ले कि आमालाई मार कि म भीरबाट हामफालेर मर्छु भनेपछि आमाको हत्या योजना बुनेको हुँ,’ बुद्धिबहादुरले अदालतको वयानमा बताएका छन्।
‘जग्गा नामसारीका लागि मेरी पत्नी (सर्मिला) ले कि आमालाई मार कि म भीरबाट हामफालेर मर्छु भनेपछि आमाको हत्या योजना बुनेको हुँ,’ बुद्धिबहादुरले अदालतको वयानमा बताएका छन्।
जन्मकैदको सजाय पाएका बुद्धिवहादुर र उनकी पत्नी सर्मिला।
source:http://www.nagariknews.com
तस्बिरःजनक केसी
Loading...