२९ वर्षिय एक्टर तथा मोडल ओमर मिडल ईष्टका देशहरुमा निकै चर्चीत छन् । सबै भन्दा बढि महिलाहरु उनको डाईहार्ट फ्यानहरु रहेका छन् । त्यस्तैमा ओमरले दिएका एक ईन्टरभ्युमा उनलाई कुनै एक फिमेल फ्यानले बर्थडेको अवसरमा करिब १करोड ३० लाखको मर्सिडिज जी५५को कार गिफ्ट दिएकी थिइन् ।

साउदी अरबको राजधानी रियादमा एक्टर ओमर एक पटक धार्मीक कार्यक्रममा उपस्थित भएका थिए । ज्यादा हेण्डसम भएका कारण उनलाई देश छोड्न सोही कार्यक्रममा आदेश दिईएको थियो । लोकल मिडियाका अनुसार ओमर साउदी अरबको हिसाबमा ज्यादा सेक्सी थिए, सोही कारण उनलाई देश निकाला गरिएका होे ।
यसै आदेशको पालना गर्दै एक्टर ओमर आफ्नो परिवार सँग क्यानाडा सिफ्ट भएका छन् । यस बिवादले पनि उनलाई अझ पपुलर बनायो । सोसल मिडियाहरुमा उनको करोडौं फलोअर्सहरु रहेका छन् । उनको फेसबुकमा ढेड करोड,ट्विटरमा असि अजार र ईन्स्टाग्राममा ८५ हजार फलोअर्स रहेका छन् ।
एक्टर ओमरले आफ्नै लङ्ग टाईम गर्लफ्रेण्ड यास्मीन ओबेदा सँग बिहेका गरेका छन् । यसै वर्षको नोभेम्बरमा उनहरुले छोरा तेयाबको जन्म पनि दिईसकेका छन् । उनले सोसल मिडियाहरुमा आफ्नो पत्नी र छोराको फोटो पनि सेयर गरिसकेका छन् ।
Loading...