खेललाई नजिकबाट नियालिरहेका एक फ्यानले
‘नमस्ते टिभी शो’की प्रस्तोता साहाना बज्रचार्यलाई आइतबार बिहान सामाजिक
सञ्जालमार्फत् एसिड छर्नेसम्मको धम्की दिएका छन्।
प्रस्तोता बज्रचार्यले फेसबुकमा रियल
मड्रिडका खेलाडी क्रिस्टियानो रोनाल्डोलाई सम्मान नगरेको भन्दै आक्रोसित
दाहाल बिवेक नामको फेसबुक आइडी प्रयोगकर्ताले एसिड छर्ने धम्की दिएका हुन्।
साहानाको फेसबुक स्ट्याटसमा रिप्लाइमा उनले ‘तँलाई पनि एसिड हान्दिउ?’
सन्देश लेखिएको इमेज पोष्ट गरेका हुन्।
‘नमस्ते टिभी शो’की प्रस्तोता बज्रचार्यले
फेसबुकबाट आएको एसिड छर्ने धम्कीलाई स्क्रिन सर्ट लिएर ट्विटरमा पोष्ट
गरेकी छिन्। ‘हामीले एक अर्काको विचारलाई सम्मान गर्न सक्नुपर्छ,’ उनले
लेखेकी छिन्, ‘मेरो देशका मान्छेहरु मप्रति कन्फ्युज छन्।’
‘प्रस्तोता साहानाले क्रिस्टियानो
रोनाल्डोलाई अनादर गरेर स्ट्याटस लेखेको हुँदा चित्त दुखेर यस्तो लेखेको
हुँ। उसले चाहिँ अरुलाई सम्मान गर्नुपर्दैन ?’, उनले आफ्नो फेसबुक
स्ट्याटसमा भनेका छन्। एसिड हान्ने धम्कीबारे सामाजिक सञ्जालमा बहस हुन
थालेपछि दाहाल बिवेक अकाउन्ट फेसबुकबाट हटेको छ।
मिस नेपाल २०१० की फस्ट रनर अप उनी समयमा
समयमा विवादमा पर्ने गरेकी छिन्। ‘गुडबाई काठमाडौं’ र ‘कलिउड’ फिल्ममा
अभिनय गरेकी उनी सामाजिक सञ्जालमा सक्रिय छिन्।
साहानाको ट्विट
Loading...