
/fd clwsf/L
नेपाली सांगितिक क्षेत्रमा म्युजिक भिडियोमा नायकका रूपमा सुनिलको बाक्लो उपस्थिति रहेको छ । करिब एक दर्जन भिडियोका यी चक्लेटी नायकको पछिल्लो अभिनय रहेको भिडियो पनि सार्वजनिक भएको छ । मालारानीकै गायिका रिता बिष्टले स्वर दिएको आधुनिक गीत जिन्दगीको अन्तिम पलमा ‘ सुनिल नायिका अनु शाहको श्रीमानका रूपमा देखा परेका छन् । रिताले नै संगीत भरेको गीत शितल मगरले लेखेका हुन् । चमेरो म्युजिकले बजार व्यवस्थापन गरेको गीत युट्युबमा ५० हजार पटक हेरिएको छ । नेपाली चलचित्रमा स्थापित नायिका अनु शाह गर्भवती अवस्थामै बेहोस हुन्छिन् । पसलबाट दुधको प्याकेट लिएर आएका सुनिलले बेहोस भएकी अनुलाई बचाउन सक्दैनन् । पारिवारिक दुखान्त कथालाई भिडियोमा मार्मिक तरिकाले देखाइएको छ । यसैका एउटा हिस्सा बनेका छन् नायक सुनिल थापा ।
Loading...