.

जन्मेको आठ महिनामै १८ किलोकी भइन् चाहत, १० वर्षको बच्चाले झै खान्छिन् खाना ! (भिडियो)

भारत – पन्जाबकी चाहत कुमारी अहिले ८ महिनाकी भइन् । तर, उनको तौल भने पाँच वर्षको बच्चाको जत्तिकै छ । १० वर्षको बच्चाले खानेसरह खान्छिन् ।चाहतका आमाबुबा आफ्नो छोरीको अवस्था यस्तो हुनुमा ‘भगवानको दोष’ मान्छन् । उनको तौल दिन–प्रतिदिन बढ्दै गइरहेकोमासमेत उनीहरु चिन्तित छन् । चाहतको यस्तो अवस्थाबारे चिकित्सकसमेत छक्क परेका छन् । स्थानीय डा. वासुदेव शर्माले उनको शरीरको तौल त्यसरी दिन–प्रतिदिन के कारणले बढेको हो ? पत्ता लगाउन नसकेको बताए ।
डा.शर्माकाअनुसार चाहतको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र श्वासप्रश्वास, अनिद्रालगायतको अरु समस्याहरु थपिँदै गएका छन् । उनलाई छालासम्बन्धी समस्या पनि देखिएको छ । रगत परीक्षण गरेर हेर्दा निकै जटिल अवस्था देखिएको छ । तर, उनको परिवारले आर्थिक अवस्था सामान्य भएकाले चाहतको उपचारका लागि राम्रो अस्पताल जान नसकेको बताए ।
Loading...
Share on Google Plus