काठमाडौं, बैशाख १- अमेरिकी पत्रिका फोर्ब्सले
जारी गरेको एसियाका ‘३० वर्षमुनिका ३० प्रभावशाली’ युवाको सूचीमा पाँच जना
नेपालीले स्थान बनाएका छन् । फोर्ब्सले १० वटा क्षेत्रका ३०—३० जना गरेर ३
सय जनाको नाम सार्वजनिक गरेको सूची उनिहरु समेटिएका हुन् । सूचीमा २४
देशका युवा छन् जसमा चीन र भारतका युवाहरु धेरै रहेका छन् । नेपालका प्रभात
यादव, सुर्य कार्की र रविकुमार नेपाल, आशिष आचार्य र सविन भण्डारी सूचीमा परेका छन् ।
प्रभात यादव
२३ वर्षिय यादव ‘मिडिया, मार्केटिङ एन्ड एडभरटाइजिङ’ विधामा प्रभात यादव सूचीभित्र परेका हुन् । एक्सप्लोर ग्याजेट्स नामको टुइटर युजर चलाउँछन् । उनी सो कम्पनीका संस्थापक पनि हुन् । स्कूले जीवन पछि सो युटुब च्यानल थालेका उनले नेपालमा पाउन गाह्रो र महंगा ग्याजेट्सको बारेमा जानकारी दिन्छन् ।

यादव ४ लाख सब्सक्राइबर
रहेको युट्यूब च्यानलका विषयवस्तु रचनाकार, निर्माता तथा सम्पादक हुन् ।
उनको टिममा भ्वाइस ओभर गर्ने आयूसध्वज विष्ट, गेम्स र अडियो उपकरण समिक्षा
हेर्ने सम्मान, एप्सको समिक्षा गर्ने सफल र पिआर र स्क्रिप्ट हेर्ने सोहिल
रहेका छन् ।
सूर्य कार्की
२६ वर्षीय कार्की नेपालको ग्रामिण क्षेत्रमा निशुल्क शिक्षा प्रदान गर्ने अभियानमा छन् । नेपालको ग्रामिण क्षेत्रमा निःशुल्क शिक्षा प्रदान गर्ने दियालो फाउन्डेसनका संस्थापक सूर्य कार्की सामाजिक उद्यमी विधामा सूचीमा परेका छन् । उनले गाउँघरका मान्छेलाई कृषि र उर्जाको बारेमा जानकारी समेत दिन्छन् । कार्कीले ८ वर्षको उमेरमा राष्ट्रिय छात्रवृत्ति पाएर हाल बेइजिङको सिन्घुवा विश्वविद्यालयमा मास्टर्स डिग्री अध्ययन गरिरहेका छन् । विश्वविद्यालयमा मास्टर्स डिग्री अध्ययन गरिरहेका छन् ।

रविकुमार नेपाल
नेपाल कोड फर नेपाल नामक संस्था चलाउँछन् । नेपालमा डिजिटल साक्षरता तथा ठूला तथ्यांकको प्रयोग बढाउने उद्देश्यले नेपाल र उनकी अमेरिकी पत्नीले कोड फर नेपाल स्थापना गरेका थिए । उनीहरु संयुक्तरुपमा सूचीमा परेका छन् । वासिंटनमा रहेको विश्व वैंकमा प्रमुख डिजिटल स्टाटेजिस्टको रुपमा काम गर्ने उनले २५ वटा विद्यालय पुर्ननिर्माणका लागि पनि सघाएका छन् ।

आशिष आचार्य र सविन भण्डारी
आशिष आचार्य र सविन भण्डारीको जोडीले नेपालमै पहिलोपटक एउटा अनलाइन कपडा पसल सञ्चालन गरेका थिए । सन् २०१२ मा कलेजमा पढिरहँदा उनीहरुको ‘थ्रेडपेन्ट्स‘ ले चाँडै नै आफूलाई स्थानीय डिजाइनरहरुले तयार गरेको टिसर्टदेखि भिर्ने ब्याग, घडी र अत्तरसम्म सबै बिक्री गर्ने केन्द्रका रुपमा आफूलाई स्थापित गर्न सफल भयो ।

Loading...