
काठमाडौं,चैत २० – स्थानीय तहको
निर्वाचनका लागि सरकारले खोलेको म्यादी प्रहरीको छनोट प्रक्रिया तीव्र
रुपमा चलेको छ । चैत १८ गतेसम्म म्यादी प्रहरीका लागि संकलन गरिएको
निवेदनको आधारमा छनोट प्रक्रिया सुरु भएको हो । छनोट भएकालाई २५ चैतदेखि ८
वैशाखसम्म तालिम दिएर निर्वाचनको सुरक्षामा खटाउने तयारी छ । म्यादी
प्रहरीका लागि योग्य ठहरिएका प्रतियासीलाई प्रहरी जवानले पाउने ७५ दिनको
तलब र रासन खर्च सरकारले उपलब्ध गराउने जनाएको छ ।
उनीहरूले
मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब पाउनेछन् । म्यादी प्रहरीले ड्रेस,
प्रहरी जवानको बराबर तलब र खाजा खर्च पाउनेछन् । छनोटमा अवकाशप्राप्त
सुरक्षाकर्मी तथा बनपाले, विगतमा म्यादी प्रहरीका रूपमा काम गरेका तथा
गार्डका रूपमा काम गरेकालाई भर्नामा प्राथमिकता पाउने छन् ।