अरुले ढोलकको तालमा ताल मिलाउँदै थपडी पिट्दै गीत गाउन थाले। ‘हे भगवान् बस्तीमा सबैको जय जय होस्’ भन्दै एक स्वरमा नारा लगाए।
यस्तै माहौल थियो, शनिबार महोत्तरीको
बर्दिबासमा धर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरिदिएको एकीकृत नमुना
मुसहर बस्तीमा। जुड शीतलका दिन मुसहरहरुले गाउँको कुल देवतालाई धुमधामका
साथ परम्परा अनुसार तातो दुधले स्नान गरेर निष्ठापूर्व दिनभद्री मन्दिरमा
पूजापाठ गरेर मुसहर बस्तीका स्थानीयहरु अस्थायी बस्तीबाट नयाँ बस्तीमा
सरेका हुन्।

धुर्मस–सुन्तली फाउण्डेसनले औपचारिकरुपमा
वैशाख १ गते बस्ती मुसहरहरुलाई बस्ती हस्तान्तरण गरिसकेको छ। उनीहरुले
गाउँको कुल देवताको पूजा गरेर नयाँ घरमा शनिबार मिष्ठान परिकार तरुवा,
कडीबरी, मासु पकाएर खाएका बस्तीका अध्यक्ष विल्टु सादाले बताउनु भयो।

रोग, भोक, अशिक्षाले थला परेको बस्तीमा
पछिल्लो समय धर्मुस–सुन्तलीको प्रवेशपछि बालबालिकाहरु सरसफाइमा ध्यान दिन
थालेका छन्। नयाँ घर पाएपछि बर्दिबासका मुसहरहरुको जुनी नै फेरिएको छ।



source:http://www.annapurnapost.com
Loading...