माग्नेबुढा अर्थात केदार घिमिरे आजबाट ४३ वर्षमा लागेका छन् । लामो समयदेखि हाँस्यब्यंग्मा सक्रिय रहेका उनको ४३ औँ जन्मदिनको अवसरमा उनलाई चर्चित कलाकारहरु, सहकर्मी र दर्शकहरुले बिहानैदेखि जन्मदिनको शुभकामना दिइरहेका छन् । जन्मदिनको अवसरमा चर्चित कलाकार तथा निर्माता दीपकराज गिरी, कलाकार जितु नेपाल मुन्द्रे लगायतका कलाकारले फेसबुकबाट नै शुभकामना दिएका छन् । उनले स्टाटस लेख्दै सहयोगी माग्नेबुढाको तारिफ समेत गरेका छन् ।
केही वर्षयतादेखि डिप्रेशन र अल्सर रोगको शिकार बनेका माग्ने बुढाको जन्मदिनको अवसरमा उनका पूर्व सहकर्मी सिताराम कट्ेलले पनि शुभकामना दिँदै आफ्नो संर्घषकालको तस्विर पनि शेयर गरेका छन् । स्टाटसमा धुर्मुसले पुरानो साथी सबैभन्दा माथी पनि लेख्न् भ्याएका छन् ।
छक्का पन्जा का हस्ती हरुको जन्मदीन मनाउदै
source:http://etajakhabar.com
Loading...