बलिउड हाँस्य कलाकार राजपाल यादव धुर्मुस
सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकीकृत बस्तीमा पुगेका छन्
। अधिकारी ब्रदर्स पिक्चर्स र केतन फिल्मस्ले संयुक्त रुपमा निर्माण गरेको
चलचित्र ‘करोडपति’को सुटिङका लागि नेपाल आएका उनी सुटिङको क्रममा
गिरान्चौर पुगेका हुन् ।

गिरान्चौरमा पुगेपछि उनले बस्ती निरीक्षण
गर्नुका साथै स्थानीहरूसँग भेटघाट गरेका थिए । उनलाई गिरान्चौरमा भेटेपछि
बस्ती निर्माण गरिरहेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम
कट्टेलले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै अभार प्रकट गरेका छन् ।
उनले भनेका छन्,‘भारतीय अभिनेता राजपाल यादवको गिरान्चौर भ्रमणले हामीलाई
काम गर्न थप प्रोत्साहित बनाएको छ । हामीले निर्माण गरेको बस्तीलाई सुन्दर
ठहर्याइदिनुभएकोमा उहाँप्रति आभारी छौँ।’
अधिकारी ब्रदर्स पिक्चर्स र केतन फिल्मस्ले संयुक्त रुपमा निर्माण गरेको
चलचित्र ‘करोडपति’मा राजपालसँगै निता ढुंगाना, आर्यन अधिकारी लगायतको अभिनय
रहेको छ । चलचित्रको सुटिङ राजधानी सहित जोमसोम, मुस्ताङ र मुम्बईमा हुनेछ
।
source:nagariknews.com
source:nagariknews.com
Loading...