.

कपिललाई दिइयो ‘अन्तिम मौका’, नभए कार्यक्रम बन्द हुने

एजेन्सी
नयाँ दिल्ली, चैत २० – कपिलले सायद सपनामा पनि सोचेका थिएनन् होलान् कि उनको आफ्नो कार्यक्रम ‘द कपिल शर्मा शो’ का सहकर्मी सुनिल ग्रोवरसँग भएको विवाद उनका लागि भारी पर्न सक्छ । भारतीय मिडियामा आएको ताजा खबरलाई विश्वास गर्ने हो भने अप्रिलमा कार्यक्रमको नविकरण गरिनुपर्दथ्यो र यो १०६ करोड भारुको सम्झौता थियो । तर यो सम्झौतामा खतरा छाएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार ‘द कपिल शर्मा शो’ लाई च्यानलले कार्यक्रमलाई पुनः सहि ठाउँमा ल्याउनका लागि एक महिनाको समय दिएको छ र यसलाई कपिल शर्माका लागि अन्तिम मौका मानिएको छ ।
सूत्रलाई मान्ने हो भने च्यानलले कपिल शर्मालाई सबै सहकर्मीलाई ल्याएर कार्यक्रमलाई पुनः ट्र्याकमा फिर्ता ल्याउन एक महिनाको समय दिएको छ । यदि कपिलले यसो गर्न सफल भए च्यानलले  कार्यक्रमलाई निरन्तरता दिनेबारे सोच्ने तर यदि यसो हुन सकेन भने कार्यक्रमलाई बन्द गरिदिने चेतावनी दिएको स्रोतले बताएको छ । यद्यपी, यो कार्यक्रमको टिआरपी हेरेर कपिलले सुनिल ग्रोवर, चन्दन प्रभाकर, अली असगर र सुगन्धा मिश्राबिना यो कार्यक्रममार्फत मानिसहरुलाई हँसाउन सफल होलान् जस्तो देखिँदैन । यी सबै कलाकार कार्यक्रमसँग फिर्ता हुने मूडमा पनि देखिएका छैनन् ।
Loading...
Share on Google Plus