त्यो एक तामिल फिल्म हो । जसको नाम
'कलवानी' हो । ती बालिका फिल्म रिलिज भएका बेलामा एक केटा साथीसँग फिल्म
हेर्न गएकी थिइन् । अहिले तीनै बालिका गर्भवती भईन । उनले यो सबै 'कालवानी'
फिल्म हेरेर गरेको र त्यसै कारण आफू गर्भवती भएको बताएकी छिन् । यस
मुद्धामा चेन्नइ अदालतले सेन्सर बोर्डलाई आदेश जारी गरेको छ । फिल्मको
विषयवस्तु र फिल्मलाई दिएको प्रमाण-पत्रका विषयमा अदालतले प्रश्न उठाएको छ ।
यस फिल्मका निर्देशक सर्कुनम हुन् ।
फिल्ममा अभिनेता विमल र अभिनेत्री ओविया मुख्य भूमिकामा छन् । फिल्म सन
२०१० मा रिलिज भएको थियो । अदालतले जारी गरेको आदेशमा भनिएको छ । १३
बर्षर्की गर्भवती किशोरी १० महिना पहिला आफ्नो प्रेमीसँग भागेकी थिइन ।
उनले 'कलवानी' फिल्मबाट प्रभावित भएर यस्तो कदम उठाएको बताइन् ।
अदालतले आदेश जारी गर्दै सेन्सर बोर्डमाथि
प्रश्न उठाएको छ, यस्तो विषयवस्तु भएको फिल्म रिलिज गर्ने अनुमति किन
दिएको ? यस फिल्मलाई दिएको यू सर्टिफिकेट सबैभन्दा बढी विवादको कारण बनेको छ
।
अदालतले फिल्मको विस्तृत विवरणसहितको एक
फाइल तयार गर्न बोर्डलाई आग्रह गरेको छ । जसमा फिल्म निर्मातादेखि लिएर
फिल्मको काटछाट गर्ने, सम्पादन गर्ने सबैको प्रतिक्रिया समावेश गर्न भनेको छ
।
Loading...