आयोगले न्याय, सामान्य प्रशासन र लेखा समूहमा देशै भरका निर्देशनालय र कार्यालयहरुमा मार्फत दरखास्त आब्हान गरेको छ । यस अन्तर्गत पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटामा जम्मा ६८ जनाको माग भएको छ । यसैगरी इलाममा ६५ जना, दिक्तेलमा ६४ जना, काठमाडौँमा १२१ जना, जलेश्वरमा ६२ जना, हेटौँडामा ८१ जना, पोखरामा ५७ जना, बुटवलमा ७८ जना, बाग्लुङमा ३० जना, सुर्खेतमा ५० जना, दाङमा ५७ जना, जुम्लामा ३६ जना, दिपायलमा ६१ जना र महेन्द्रनगरमा २९ जनाको माग भएको छ ।
यो पदको प्रथमपत्रको परीक्षा २०७४ साल जेठ १३ गते हुनेछ भने द्वितीय र तृतीय पत्रको परीक्षा असार ३१ गते हुने जनाइएको छ ।
यसैगरी आयोगले आन्तरिक प्रतियोगिता अन्तर्गत पनि सम्बन्धित कार्यालयहरुअन्तर्गत दरखास्त माग गरेको छ ।
विस्तृत विवरण हेर्न यो लिङ्कमा जानुहोस्:
Loading...