काठमाडौं । नागा
बाबासँग जोडिएर तस्विर खिचाउन रुचाउने युवा बढ्दै गएका छन् । युवा पुस्ताले
नागाबाबाको नाङ्गो दृश्यलाई खासै नराम्रो मान्दैनन् । तर पाका महिला भने
नागाबाबाको नांगो दृश्यले असहज हुने गरेको बताउँछन् । ‘यो धार्मिक स्थल
भएकोले नांगै बस्नु उचित होइन ।
भगवानको दर्शन गर्न भनेर आएको मन्दिर
परिसरमा नांगा मान्छे देखेपछि खल्लो महसुस हुनेरहेछ । परम्परा भएपनि
नागाबाबाले गुप्ताङ छोप्नुपर्छ ।’ रामकला तिवारीले भनिन् । ‘जेठाजुलाई कपाल
नदेखाउने प्रचलनमा हुर्किएकी हुँ बाबाको नांगो दृश्यले भगवानकै अपहेलना
गरेजस्तो लाग्छ ।’ इन्द्रकुमारी खत्रीले बताइन् ।
कोही महिला भने नांगो दृश्यले खासै
अपठ्यारो नपर्ने बताउँछन् । ‘आफ्नै मान्छे नांगो बसेको पो असहज हुनु चिन्दै
नचिनेको व्यक्ति भएकाले नांगो बसेका बाबाले कुनै नराम्रो गरेजस्तो लाग्दैन
। नागाबाबा शिवरात्रीकै आकर्षक पनि हो ।’ राधिका लामिछानेले भनिन् ।
बाबाहरुको अभद्र व्यवहार भने उनलाई मन नपर्ने बताइन् ।
कतिपय बाबाले युवती देखेपछि पछ्याउने,
आशिर्वाद दिएको भन्दै कुचाले टाउकोमा हिर्काउने, लिंगको खरानी लगाउन अनुरोध
गर्ने बानीले भने धेरै महिला पीडित हुने गरेका छन् ।अाजकाे नागरीक दैनिकमा
खबर छ ।
Loading...