हामीले हलिउड मुभीमा देख्ने गरेका छौं,
कुनै सानो जिव औसत आकारमाभन्दा ठुलो हुने र मानव समुदाय माथी धावा बोल्ने
गरेको । डार्विनको जीवन सम्बन्धि सिद्धान्तले पनि भन्छ, जो बद्लिदो
परिस्थिती अनुसार आफुलाई बदल्दै लैजान सक्छ, उसैको प्रजाती अनन्त कालसम्म
बाँच्छ ।
बिहिबार
ललितपुरको बज्रबाराहीमा एउटा यस्तै दृश्य देखियो । हेर्दा मुसा जस्तो
देखिने तर मुसाको आकारभन्दा निकै ठूलो उक्त जिव हेर्न स्थानियहरुको ठूलो
जामात भेला भएका थिए । र्याकुन प्रजातीको मुसा जस्तो देखिएतापनि उक्त जीव
त्यो भन्दा फरक देखिन्छ । एकाएक उक्त जिव देखापरेपछी स्थानियहरुले
प्रहरीलाई समेत खबर गरेका थिए । ललितपुर प्रहरीले उक्त जिवलाई सकुशल समातेर
जंगलमा छोडेका छन् ।
हेरौं फोटोमा,
फोटो साभारः सुन्दर ललितपुर फेसबुकबाट
Loading...