फिफाले आज सार्वजनिक गरेको बरियतामा नेपाल
१ सय ७३ औं स्थानमा छ । अघिल्लो महिना नेपाल १ सय ७५ औं स्थानमा थियो ।
भारत र पाकिस्तान एक एक स्थान तल झरेका छन् ।
भारत पछिल्लो वरियतामा १ सय ३०, पाकिस्तान
१ सय ९६ औं स्थानमा झरेका हुन् । यस्तैगरी माल्दिभ्स ५ स्थान माथि उक्लँदै
१ सय ४५, भूटान एक स्थान उक्लंदै १ सय ७७, बंगलादेश १ सय ९० र श्रीलंका १
सय ९६ औं स्थानमा यथावत छन् ।
फिफा वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा
कायमै छ भने ब्राजिल दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् । चिली, बेल्जियम
फ्रान्स, कोलम्बिया, पोर्चुगल, उरुग्वे, स्पेन क्रमशः चौथोदेखि दशौं
स्थानमा छन् ।source:nepaliheadlines.com
Loading...