.

उमेरले छेकेन, २८ वर्षे युवकको ८२ वर्षीया दुलही

एजेन्सी / साँचो प्रेममा परेको मानिस कुनै पनि परिस्थितिमा डग्मगाउँदैन । इन्डोनेसियाका २८ वर्षीय ग्यारेज मिस्त्री सोफियान लोहो डान्डेलले यही उदाहरण प्रस्तुत गरेका छन् ।
एक वर्ष अगाडि सोफियानको मोबाइलमा एउटा अपरिचित नम्बरबाट फोन आएको थियो । त्यतिबेला उनले सायदै कल्पना गरेका थिए कि झुक्किएर उनको नम्बर डायल गर्ने फोनकर्तासँग उनी एक घन्टा गफिनेछन् र कालान्तरमा उनैसँगै बिहे गर्नेछन् ।

फोनकर्ता महिलाको आवाजले पहिलो पटकमै सोफियानलाई मोहनी लगायो । त्यसपछि उनीहरुबीच नियमित फोन सम्वाद हुन थाल्यो । आवाजमै पग्लिएर सोफियान प्रेममा चुर्लुम्म डुबे । उनले फोनमै प्रेम प्रस्ताव राखे । महिलाले पनि सहर्ष स्वीकारिन् ।
उनीहरुले पहिलो भेटको चाँजो मिलाए । जब सोफियान आफ्नी प्रेमिकालाई भेट्न उनको घरमा पुगे, एउटी ८२ वर्षकी बुढीआमै मार्था पोटु उनलाई स्वागत गर्न ढोकामा उभिएकी थिइन् । जब उनले बुढीआमैको आवाज सुने, विश्वासै गर्न सकेनन् की वृद्धा नै उनकी प्रेमिका थिइन् ।
उनले भर्खरकी कल्कलाउँदी युवतीको रुपमा कल्पना गरेका थिए आफ्नी प्रेमिकालाई । फोनमा उनले कहिल्यै प्रेमिकाको उमेर सोधेका थिएनन् । उनले पनि बताएकी थिइनन् ।
तर प्रेमिकालाई त्यो रुपमा पाउँदा पनि सोफियान विचलित भएनन् । न उनले आफ्नो विचार नै बदले । पोटुको घरमा उनीहरु दुई घन्टासम्म गफिएर बसे ।
सोफियानले थाहा पाए कि १० वर्षअघि श्रीमानको मृत्यु भएयता पोटु आफ्नो घरमा एक्लो जीवन बाँच्दै आएकी छिन् । उनका दुई छोराहरु कामका सिलसिलामा विदेश गएका रहेछन् । पोटुको कथा सुनेपछि सोफियानले बाँकी जीवनमा उनको साथ नछाड्ने बाचा गरे ।
गत १८ फेब्रुअरीका दिन उत्तरी इन्डोनेसियाको सुलावेसीमा आफ्ना परिवार र साथीहरुको उपस्थितिमा उनीहरुले बिहे गरे ।
त्यसो त पोटुसँग विवाह गर्नु उनका लागि कम चुनौतिपूर्ण थिएन । हजुरआमा उमेरकी महिलासँग विवाह गर्न लाग्दा परिवारले कडा विरोध जनायो । तर, उनीहरुको साँचो प्रेमका अगाडि कसैको केही लागेन ।
आफूभन्दा ५४ वर्ष कान्छो जीवनसाथी पाएर दंगदास छिन् पोटु । आफ्नो नयाँ श्रीमानलाई उनले भगवानले दिएको उपहारका रुपमा ग्रहण गरेकी छिन् । ‘म सधैं भगवानसँग प्रार्थना गर्थें कि यो उमेरमा मेरो हेरविचार गर्ने कोही व्यक्ति होस् ।
विवाहमा उपस्थित कुनै अतिथिले विवाहको तस्बिर इन्टरनेटमा पोष्ट गरिदिएपछि यो जोडी देशभर चर्चाको विषय बनिरहेको छ ।

Loading...
Share on Google Plus