.

छाती बाहिर मुटु भएकी ७ वर्षिया बालिका, सुनिने होइन मुटु धड्केको देखिन्छ ( भिडियो)

एजेन्सी । मुटुको चाललाई केवल सुन्न सकिन्छ । तर, मुटुको चाल सुन्न मात्र होइन, देख्न सकिन्छ भन्दा अचम्म लाग्न सक्छ । रुसकी ७ वर्षिया ‘भिरसाव्या बोरुन गोनचारोभा’ विश्वकै एक हुन्, जसको मुटुको चाल आँखाले देख्न सकिन्छ ।
भिरसाव्याको मुटु बाहिरै धड्किरहेको देख्न सकिन्छ । उनको मुटुलाई एकदमै पातलो छालाले ढोकेको छ, त्यसैले पनि मुटुलाई स्पष्ट देख्न सकिन्छ । यी बालिका एब्डोमिनल सिन्ड्रोमबाट ग्रस्त रहेको चिकित्सकहरु बताउँछन् । यस्तो अवस्था १० लाख बाच्चामध्ये एक जनामा देखिन्छ।
आफ्नो मुटुलाई बचाउन उनी हलुगा र नरम कपडा मात्रै लगाउँछिन् । उनको यो संवेदनशील मुटुका कारण विद्यालय जान सक्दिनन्, उनलाई घरमा पढाइन्छ । नृत्य तथा खेलकुदमा भाग लिँदा एकदम सावधानी अपनाएर उनी आफ्नो इच्छा पूरा गर्छिन् । ‘म हिड्न, उफ्रन, उड्न चाहान्छु तर मलाई छिटो हिड्न र कुद्नबाट रोक लगाइएको छ’ भिरसाव्या भन्छिन् । उनी अहिले अपरेशनको आशामा अमेरिका जाँदै छिन्।
-
Loading...
Share on Google Plus