अञ्जु पन्तसँगै बसेको तस्बिरसहित उनले उक्त स्ट्याटस सामाजिक सञ्जालमा पोष्ट गरेपछि त्यसको धेरै चर्चा भयो । पन्त र शिवाकोटीको मेल फेरि हुने भयो भनी चर्चा पनि भयो । त्यति मात्र होइन उनले पोष्ट गरेको स्ट्याटसमा कमेण्टका वर्षा भए । अञ्जु र मनोज दुबै प्रसन्न मुद्रामा देखिएको त्यस तस्बिरसहितको स्ट्याटसमा कसैले ‘परेवा जोडीलाई शुभकामना, कहिले पनि साथ नछुटोस्’ भन्दै कमेण्ट गरे भने कसैले ‘हुँदैन मनोज सर, साथी हाजारौँ पाइन्छ, सगैँ ज्युँने मान्छे एक हुन्छ’ भन्दै कमेण्ट गरे ।
पहिलो न्युज डटकमले त्यसबारे बुझ्न पन्तलाई फोन सम्पर्क गर्दा उनकी दिदी यमुनाले फोन ‘रिसिभ’ गरिन । पहिलो न्युजले मनोजको स्ट्याटसबारे बुझ्न खोज्दा मनोज र अञ्जुको फेरि मेल हुने सम्भावना अलिकति पनि नरहेको दाबी गरिन् । ‘केही दिन अघि ड्रिम्स स्टुडियोमा गीत रेकर्डिङ गर्न जादाँ खिचेको तस्बिर हो,’ उनले भनिन्, ‘मनोजले तस्बिर पोष्ट गरे होलान् तर उनीहरु दुईबीच फेरि मेल हुने सम्भावना अलिकति पनि छैन ।’
पहिलो न्युजले यसबारे अञ्जुसँगै बुझ्न खोज्दा सत्य यही भएको भन्दै अञ्जु व्यस्त भएकाले अहिले कुरा गर्न नमिल्लने बताइन् ।
Loading...