सो कम्पनीमा सिभिल,स्काफोल्डिङ,पाईपिङ र
ड्राईभर कामका लागी त्याँहा पुगेका देशका बिभिन्न जिल्लाका २ हजारदेखि ३
हजार कामदार यतिबेला उद्धारको पर्खाईमा रहेका छन । कम्पनीले ६ महिनादेखि
कुनै कामदारलाई तलब दिएको छैन । तलब नपाउँदा कामदारहरु भोकै बस्न बाध्य
भएका छन । कम्पनीले तलब नदिँदा महिनौ देखि आधा पेट खाएर बाँच्नु परेको र
स्वदेश फर्कन समेत नसकेको पिडितहरुले बताएका छन ।
अधिकारीले फोन सम्पर्कमा आफुहरु बिजोग
अबस्थामा रहेको र दुतावासले समेत केही नगरेको गुनासो गरेका छन । कम्पनीले
तलव नदिएपछि पटक पटक दुतावास गुहार्दा समेत कुनै सुनुवाई नभएपछि उनीहरुले
नेपाल सरकारलाई आफनो ज्यान बचाईदिन आग्रह गरेका छन । उनले कम्पनीले कसैको
पनि तलब नदिँदा यो समस्या आएको र मेनपावर कम्पनीको कुनै गल्ति नभएको बताए ।
source:purbelinews.com
Loading...