.

‘मृतक’ उठेपछि …..

एजेन्सी / अन्तिम संस्कार गर्न लगिदै गरेको मृतक चितामा राख्न पूर्व नै उठे भन्दा पत्याउनु हुन्न होला ।तर भारतको धारवाडको मनागुंडी गाउमा यस्तो घटना सार्वजनिक भएको छ कि मृतकका परिवार तथा नातेदार तथा पूरै गाउवाला हैरान भएका छन् ।
१७ वर्षीय एक युवाको मृत्यु भएपछि अन्तिम संस्कारको लागि लगिदै थियो । तर ‘मृतक’ युवक बीच बाटोमा उठेपछि सबै हैरान भए । उनलाई जिउँदो देखेपछि नजिकको एक अस्पतालमा उपचारको लागि लगिएको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।
करिब एक महिना पहिला १७ वर्षका कुमार मारेवाडालाई एक आवारा कुकुरले टोकेको थियो । जसका कारण उनलाई एकहप्तासम्म नराम्ररी ज्वरोले सतायो । अस्पताल भर्ना गरिए पनि उनको अवस्थामा सुधार आए । उनलाई भेन्टिलेटमा राखेर उपचार गरिएको थियो ।
अस्पतालका डाक्टरले कुमारका नातेदारलाई उनी जिवित रहने संभावना नभएको भन्दै अस्पतालबाट घर पठाएको थियो ।घर लगिएपछि उनको अवस्था झन् नाजुक हुन पुग्यो । शरीरका अंगहरु चलेनन् । जसका कारण उनका परिवारका सदस्यले उनी मृत भएको सोचेर अन्तिम संस्कारको तयारी गरे ।
अन्तिम संस्कारको लागि गाउँबाट २ किलोमिटर टाढा लैजादै गर्दा उनले आखा खोले, उनले हात र गोडा चलाए । त्यसपछि उनलाई गोकुल रोड स्थित अस्पताल लगिएको छ ।
Loading...
Share on Google Plus