अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको
कार्यकाल सुरु हुनुअघिदेखि नै चीनसँगको सम्बन्धमा आएको उतारचडावकाबीच गरेको
यो परीक्षणलाई चीनको सम्भावित सैन्य क्षमता प्रदर्शनको तयारीका रुपमा
लिइएको छ ।
चीनले मिसाइल डीएफ–५सी ‘टेन मल्टिबल
इन्डिपेन्डेन्टली टारगेटेबल रिन्ट्री व्हिकल्स अर्थात एमआईआरबीका साथमा
उडान परीक्षण गरेको अमेरिकी फ्रि बिकनको समाचारमा उल्लेख छ । अमेरिकी
अधिकारीहरुले यस प्रकारको परीक्षणलाई कडा नजर राखेको जनाएका छन् ।
दश नक्कली मुख्यअस्त्रद्वारा लैस
डांगफेंग–५सी मिसाइल साङ्सी प्रान्तको तैयुआन स्पेस लन्च सेन्टरमा लन्च
गरेको र पश्चिम चीनको रेगिस्तानमा गएर खसेको जनाएको छ ।
यो मिसाइल अन्तरमहादेशीय व्यालिस्टक
मिसाईल डीएफ–५ को नयाँ संस्करण भएको जनाइएको छ, जुन सन् १९८० को दशकको
सुरुवातमा आएको थियो । पेन्टागनका प्रवक्ता गेरी रसले रक्षामन्त्रालयले
चीनको सैन्य गतिविधिमाथि नियमित रुपमा नजर राखेको जनाएका छन् ।
Loading...