काठमाडौं, १७ पुस । चलचित्र नाइँ नभन्नू ल
२ बाट चर्चामा आएका अनुभव रेग्मी अहिलेका व्यस्त बालकलाकार हुन् । उनले
लगातार विकास आचार्य निर्देशित नाइँ नभन्नू ल सिरिजमा अभिनय गरे । अहिले
उनले शब्द र ए मेरो हजुर २ मा अभिनय गरेका छन् । शब्द यही पुस २९ गतेबाट
रिलिज हुँदैछ । अनुभव रेग्मीले आफ्नी आमासँग मिडिया एनपीलाई एउटा
अन्तर्वार्ता दिएका छन् । आमासँग अन्तर्वार्ता दिँदा अनुभव निकै लजाएका थिए
।
यस्तो छ अनुभव र उनकी आमाको अन्तर्वार्ता :
म अहिले पढाइमा व्यस्त छु । भर्खर शब्द र ए मेरो हजुर २ को सुटिङ सकियो ।
राम्रो भइरहेको छ । सुटिङ गर्दा मेरो पढाइमा कुनै अवरोध पुगेको छैन ।
किनभने म बिदाको समय पारेर सुटिङ मिलाइरहेको छु ।
मलाई म्याम (शिक्षिका) हरूले हौसला
दिनुहुन्छ । म स्कुलमा अनुपस्थित भइहालेँ भने पनि म्यामहरूलाई सोधेर
होमवर्कहरू पूरा गर्छु । कुनै कुनै होमवर्क स्कुलमै गर्छु, कुनै घर आएर
गर्छु । खेलकुदमा क्रिकेट, साइक्लिङ, स्विमिङ गर्न मन पराउँछु ।
मामुले गाली गर्दा रुन्छु । अनुभवकी आमा
(कहिलेकाहीँ रुन्छ । जिद्दि छैन । अहिलेसम्म झगडा गरेको छैन । गुड ब्वाइ छ
।) मेरो ब्याक टु ब्याक फिल्म आइरहेको छ । धेरै प्रशंसा पनि पाइरहेको छु ।
धेरैले माया गर्नुभएको छ । (बाबुले राम्रो गरेको भन्छन्, गर्व महसुस गर्छु ।
यही फिल्डमा लागोस् भन्ने थियो । हाम्रो सपना पूरा गरिरहेको छ । यही
फिल्डमा लागेर नाम कमाओस् भन्ने छ । त्यस्तो डिस्टर्व छैन । पढाइमा पनि
राम्रो गरिरहेको छ । सबै विषयमा प्लस ए (९८ प्रतिशतमाथि) ल्याइरहेको छ ।
बत्ती भएन र टिभी हेर्न पाएन, गेम खेल्न
पाएन भने उसलाई अल्छी लाग्छ । म सलमान खानको फ्यान । मलाई सलमान खानको बडी,
स्टाइल मन पर्छ । आमा (नेपालमा पनि सलमान खानको जस्तै पपुलर हुन चाहन्छु
भन्छ)
शब्दमा कमेडी छ । रोमान्टिक छ ।
सेन्टिमेन्टल छ । म सौगात मल्लको छोरा भएर अभिनय बनेर खेलेको छु । सबैको
छोरा बन्दा मलाई रमाइलो लागेको छ । त्यसमा पनि प्रियंका कार्कीको छोरा
बन्दा बढी रमाइलो लाग्यो । उहाँले धेरै सिकाउनु हुन्छ । धेरै माया गर्नु
हुन्छ । धेरै केयर गर्नु हुन्छ ।
मलाई रुन भन्दा हँसाउन मन लाग्छ । नाइँ
नभन्नू ल ४ मा हँसाएको छु । अहिलेसम्म त्यस्तो हँसाउने फिल्ममा अभिनय गर्न
प्रस्ताव आएको छैन ।
source:http://medianp.com
source:http://medianp.com
Loading...