यसले पेट सफा राख्न मद्दत गर्छ ।
बालबालिकालाई झाडा पखालाले सताएको समयमा सुन्तलाको रस थोरै–थोरै गरेर दिइयो
भने बिरामीको शरीरमा चाहिने पानी लगायत अन्य तत्वको आपूर्ति हुन्छ ।
गिँजाबाट रगत बग्ने समस्यामा पनि सुन्तला लाभदायक हुन्छ । त्यस्तै
सुन्तलामा रहेको क्याल्सियमले दाँतलाई स्वस्थ र मजबुत बनाउँछ । सुन्तलाको
बोक्रा सुकाएर मसिनो पारेर काटेर चिनीमा हालेर पकाएर बालबालिकालाई खुवाउनु
निकै लाभदायक हुन्छ । त्यसैगरि सुन्तलाको बोक्रा सुकाएर धुलो पारेर
अनुहारमा लगाउनाले अनुहारको छाला सफा र नरम हुन्छ ।
भोक वा तिर्खा लाग्दा विभिन्न किसिमका
प्याकेटका खानेकुराको सट्टा सुन्तला खाँदा शरीर स्वस्थ हुन्छ र कब्जियत
हुनबाट पनि बँचिन्छ । सुन्तलामा पाइने भिटामिन ‘सी’ले रुघाखोकी आदिबाट
बँचाउछ । दिनहँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न
मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ । दम,
ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पुर्याउँछ । त्यस्तै
डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड,
मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ ।
सुन्तलाले रक्सीको लतलाई पनि कम गर्न सघाउ गर्छ ।
Loading...