उनीहरुले ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला
टुक्राउन नहुने भन्दै आवाज उठाउँदै आएका थिए । आफूहरुको आवाजलाई वेवास्ता
गरेका कारण आन्दोलन गर्नु परेको तीनवटै नेताले जनाएका छन् ।
त्यस्तै ५ नम्बर प्रदेशबाट पहाडका जिल्ला
छुटाइएको विरोधमा बुटवल उद्योग बाणिज्य संघ र रुपन्देही उद्योग संघले
छुट्टा छुट्टै रुपमा विरोधका कार्यक्रम आयोजना गरेका छन् । पहाड र तराई बिच
भावनात्मक र सांस्कृतिक एकता भएकाले त्यसलाई खण्डित गर्न खोजिएकाले विरोध
गरिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले जानकारी दिनुभयो
।
संसदमा संविधान संसोधनको प्रस्ताव दर्ता
भएपछि पाँच नम्वर प्रदेशका बुटव तीन दिनदेखि अशान्त छ । बिहीबार बुटवलको
पुष्पलाल र्पाकमा रहेको माओवादी केन्द्र को शहिद स्मम्भ तोडफोड गर्ने
क्रममा प्रहरी निरीक्षकसहित ४ जना प्रहरी र दुई जना प्रदर्शनकारी घाइते
भएका थिए ।
Loading...