उमाकान्त पाण्डे
पुस १ – उमेर २४ वर्ष । घर सुदुरपश्चिम ।
झट्ट हेर्दा लाउँलाउँ खाउँखाउँको उमेर । लवाइखुवाइ पनि राम्रै । व्यायम
निरन्तर गर्ने भएकाले राम्रै ज्यान बनेको थियो । महिनाको झन्डै ५० हजार
रुपैयाँ जसोतसो बच्ने । त्यसरी सुखदुःखले कमाएको ५० हजार महिना बिराएर
पालैपालो नेपाल पठाउने गर्दथे ।
गएको सोमबार नेपालमा भएको परिवारलाई
घरखर्चसहित व्यवहारिक हिसाबकिताबका लागि भन्दै युएईको अजमानमा कार्यरत
कन्चनपुर ६ बनगाउका मनोज ठगुन्ना भरत सिंहले साथी प्रज्वलसँग मिलेर घरमा एक
लाख रुपैया पैसा पठाउनु भएको थियो ।
साँझपख पैसा पठाएर मनोज सहकर्मी
प्रज्वलसँगै आफूबस्ने कम्पनीको कोठामा आउनुभयो । घरमा पैसा पठाएकोबारे
कोठामै आएर काठमाडाैमा बुवाआमासँगै बस्ने दाइभाउजुलाई फोन गरेर पैसा पठाएको
नम्बर टिपाउनु भयो । ‘आज पैसा पठाएँ । भोली पैसा पाउनुहुन्छ निकाल्नुहोला’
फोनमा मनोजले यही कुरा दोहोर्याएर भन्नुभएको थियो ।
फोनमा कुरा गरेर सकेर मनोजले कोठामा
साथीहरुसँगै मिलेर खाना पकाउँदै गर्दा उहाँलाई छाती दुख्न सुरु भयो ।
सहकर्मीहरुले खाना खान बोलाउदा छाती दुख्यो भन्दै ओछ्यानबाट उठेर आउनु भयो ।
खाना खाएर बिस्तारामा पल्टिएका उहाँको छाती दुखिरहेकै थियो ।
हिजो पैसा पठाएको मान्छे । घरमा पैसा पाए
नपाएको अत्तोपत्तो थिएन । १० महिना पहिले युएईको आबुधाबीमा रहेको अलधाबी
कन्स्ट्रक्सन कम्पनीको अजमान शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत मनोज
भने सधैंका लागि युएईमै अस्ताई सक्नुभएको थियो । हिजो पैसा पठाउन सँगै गएको
र आज सहकर्मीको निधनबारे घरमा कसरी खबर गर्ने ? सहकर्मीहरुलाई अप्ठेरो
परेको थियो ।
सहकर्मीहरुले मृतकका दाजुलाई सम्पर्क गरेर
मनोजको ज्यान गएकोबारे खबर गरे । परिवारमा रुवावासी छ । मृत्युको खबर
पाएको परिवारमा बुवाआमा अहिले अचेत अवस्थामा हुनुहुन्छ ।
यता मृतकको शव सक्दो छिट्टो नेपाल लैजान
उहाँका छिमेकी तथा नातेदार सुदुरपश्चिम सेवा समाज युएई अलऐन क्षेत्रीय
समितिका अध्यक्ष दिनेश महरा तथा चेतन थापा लागि पर्नुभएको छ । आबुधाबी
पुलिस फोर्समा कार्यरत उहाँहरु कामबाट बिदा मिलाएर शव नेपाल पठाउन अस्पताल,
प्रशाशन तथा दूतावासको कागजी प्रक्रिया पूरा गर्न खटिनुभएको छ ।
कम्पनीले दिनुपर्ने सेवा सुविधा बापतको
रकम खुलाएर आवश्यक सबै प्रक्रिया पूरा गरेर सक्दो छिट्टो शव नेपाल पठाउने
दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । मृतकको शव अहिले
अजमानको सेख खलिफा अस्पतालमा राखिएको र कम्पनी मालिक युएई भन्दा बाहिर
रहेको तथा शुक्रबार र शनिबार सार्वजनिक बिदा हुने भएकोले सोमबारसम्ममा शव
नेपाल पठाउने तयारी गरिएकाे छ ।
Loading...