गुल्मी, १ पुस। पाँच
नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मी जिल्ला शुक्रबार १७ औं दिन
पनि बन्द हुँदा जनजीबन कष्टकर भएको छ । जिल्ला प्रशासन कार्यालयमा
बन्दकर्ताले लगाएको ताला खुलाउन खोज्दा शुक्रबार बिहान प्रहरीसँग झडपसमेत
भएको छ ।
आन्दोलन र झडपले अप्रिय घटना हुन सक्ने
भन्दै सर्बसाधारण आतंकित छन् र उनीहरुले बन्दको विकल्प खोज्न आग्रह गरेका
छन् । लामो समयको बन्द र हड्तालले जीबनयापनमा समस्या भएको भन्दै
सर्बसाधारणले बन्दको विकल्प खोज्न आग्रह गरेका हुन् ।
तर, संयुक्त आन्दोलन परिचालन संघर्ष
समितिले भने संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म बन्द र आन्दोलनका
कार्यक्रम फिर्ता नलिने अडान लिएको छ ।
पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरसहित
सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा गुल्मीमा
बजार, यातायात, शिक्षण संस्था, कलकारखाना, सरकारी कार्यालयसमेत बन्द छन् ।
जिल्ला प्रशासन कार्यालयको मुख्य ढोकामा
ताला लगाएर आन्दोलनकारीहरु बसेका थिए । राष्ट्रिय झण्डासमेत बोकेका
उनीहरुलाई प्रहरीले हट्न आग्रह गरे पनि अटेर गरेका थिए । प्रहरीले बल
प्रयोग गरेर हटाउन खोज्दा तनाव भएको थियो ।
Loading...