तर गत शुक्रबार बेलुका यसमा यस्तो नाटकीय मोड आयो कि यो सबैको चर्चाको विषय बन्यो ।गाउँका मातादीनले ४० वर्ष पुरानो घटनालाई याद गर्दै यसको पुष्टि गर्छन् । मातादीनका अनुसार विलासालाई तब कानपुरको सिद्धनाथ घाटमा मृत मानेर बगाइएको थियो । विलास मूल रुपमा कानपुरको पतारा गाउँकी हुन् । उनको पहिलो विवाह बिधुनका चरैया गाउँमा छिद्दुसँग भएको थियो । छिद्दुसँग सम्बन्धमा तितोपन छाउन थालेपछि विलासाले नजिकैको इनायतपुर मझावन गाउँका कल्लूसँग विवाह गरेकी थिइन् । यसै गाउँमा उनलाई सर्पले टोकेको थियो र मानिसहरुले मृत सम्झेर उनलाई बगाइदिएका थिए । यहाँको इलाकाको पुरानो परम्पराका अनुसार जसलाई सर्पले टोकेको छ वा टीबीजस्ता बिरामीको मृत्यु भयो भने उनीहरुलाई जलाउनुको साटो गंगामा बगाइन्छ ।विलासा देवीका अनुसार केही स्थानीयले उनलाई इलाहाबादमा गंगाबाट निकालेका थिए । उनी तीन वर्षसम्म इलाहाबादमा गंगाको किनारामा रहेको एक मन्दिरमा बसिन् ।
त्यसै मन्दिरबाट विलासालाई कन्नोजका राम सरनले आफूसँगै लिएर गए । केह वर्ष पहिले विलासाको भेट सन्नो नामका एक महिलासँग भयो । सन्नो कानपुरकी थिइन् । जब यी दुईको कुराकानी भयो तब उनको मस्तिष्कमा पुराना याद ताजा भएको उनले बताइन् ।सन्नोले विलासालाई उनको पहिलो विवाहबाट जन्मिएकी छोरी राम कुमारीको बारेमा बताइन् । उनले राम कुमारीलाई पनि यो कुरा बताइन् । सुरुमा राम कुमारीले उनको कुरामा विश्वास गरिनन् । राम कुमारीले विलास देवीलाई कन्नौजबाट इनायतपुर मझावन ल्याइन् । गाउँ पुगेपछि उनले भनिन्, ‘अब मलाई धेरै कुरा याद आइसकेको छ । मेरो पुरानो घर, मेरो परिवार, मेरा बच्चा । अब म यहाँ नै बस्छु ।
Loading...