८ असोज, एजेन्सी।
भारतीय सेना र कर्बी पिपल्स लिबरेसन टाइगर्स (केपिएलटी) समूहबीच शुक्रबार
उत्तरपूर्वी आसाममा भएको झडपमा छ जना विद्रोही लडाकूको मृत्यु भएको भारतीय
अधिकारीले बताएका छन् ।
कर्बी आङलोङ जिल्लामा शुक्रबार बिहानै भएको दोहोरो गोली हानाहानमा उनीहरुको मृत्यु भएको हो ।
केपिएलटी समूहका लडाकूले गस्तीमा रहेको
सैनिक अधिकारीमाथिजङ्गलमा लुकिछिपी आक्रमण गरेका र सेनाको प्रत्याक्रमणबाट
उनीहरुको मृत्यु भएको सेनाले बताएको छ । घटनामा एक सरकारी सेना घाइते भएको
बताइएको छ ।
Loading...