गत साउनमा सरकारले विदेशबाट केही वस्तुहरु
ल्याउनै प्रतिवन्ध पनि लगाएको थियो । सरकारले नयाँ झिटीगुन्टा आदेशमार्फत
सुन, मदिरा र समदर भन्सार लगायतका व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ ।
काँचो सुन नबोक्नुस्
अहिले विदेशबाट काँचो सुनचाँदी (ढिक्का सुन) लिएर नेपालको अन्तर्राष्ट्रय एयरपोर्टमा आउन पाइँदैन । सरकारले गहना बनिसकेका बाहेकको काँचो सुन नेपालमा ल्याउन प्रतिवन्ध लगाएको छ । अहिले सुनका गहना ५० ग्राम र चाँदीका ५ सय ग्रामसम्म मात्रै ल्याउन पाइन्छ ।

पछिल्लो समयमा बैंकहरुले १०० ग्रामको
ढिक्का सुन ल्याउन पाउने व्यवस्थाबारेको खबरले धेरैलाई अलमलमा पारेको छ ।
तर, त्यो बैंकका लागि मात्रै हो भन्ने बुझ्नुपर्छ । कुनैपनि व्यक्तिले
काँचो सुन विदेशबाट ल्याउनै पाउँदैन । तयारी गहना भने ५० ग्रामसम्म ल्याउन
अनुमति हुनछ । यसमा कुनै भन्सार पनि लाग्दैन ।
के-केमा भन्सार लाग्दैन ?
दशैंमा विदशेबाट महंगार ब्राण्डेड रक्सी
ल्याउने प्रचलन छ । तर, धेरै परिमाणमा रक्सी बोक्नुभयो भने पनि समस्या
हुनेछ । अघिल्लो वर्षसम्म विदेशबाट आउँदा २ लिटरसम्म मदिरा ल्याउन
पाइन्थ्यो भने अब १ लिटर मात्रै ल्याउन पाइने व्यवस्था गरिएको छ ।
यस्तै ल्यापटप/कम्प्युटर वा ट्यावलेट,
घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान
ल्याउँदा पूर्ण भन्सार छुट पाइन्छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल
१/१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन । वैदेशिक रोजगारीमा गएर
कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन पाउने
व्यवस्था छ । तर, विदेशमा कामका लागि नगाएका र १ वर्ष नबिताएकालाई यो
सुविधा छैन ।
विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश
फर्किंदा ल्याएका व्यावसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ ।
डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद
सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु,
गितार, हार्मोनियम, तबला, लगायतका सामान १/१ थान ल्याउन भन्सार रकम
भुक्तानी गर्नुपर्दैन ।
निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर
गृहस्थी लगायतका पुराना सामान लगायत व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री
ल्याउन भन्सार लाग्दैन् । तर, ठूलो परिमाणमा भने यी वस्तु पनि ल्याउन
पाइँदैन ।
औषधि उपचारका लागि विदेश गएका नागरिकले
आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको
लागि ल्याइने समाग्रीमा पनि भन्सार छुटको व्यवस्था छ । सात किलोग्रामसम्मको
खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन । व्यवसायिक पेशामा लागेका
व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत
प्रयोजनका लागि २/२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन सक्छन्
समदर भन्सार के-केमा ?
केही सामग्रीमा परिमाण बढी भएपनि एकैपटक ४० प्रतिशतसम्म समदर भन्सार तिर्नपर्ने नयाँ व्यवस्था छ । म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पंखा र रेडियो र १/१ थान ल्याउन सक्छन् । तर, यसमा समदरमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ । ३२ इन्च भन्दा ठूलो टिभी ल्याएमा भने इन्चअनुसार भन्सार महशुल तिर्नुपर्छ । तर, एउटाभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन पाइँदैन ।

१० किलोग्रामसम्म खाद्य सामग्री पनि
ल्याउन पाइन्छ तर, यसमा तोकिएको भन्सार भने तिर्नुपर्छ । १५ पिस लुगाफाटा,
जुत्ता, कस्मेटिक्स लगायतका समान पनि तोकिएको ४० प्रतिशतसम्म भन्सार तिरेर
विमानस्थलबाटै ल्याउन सकिन्छ । घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर,
जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २/२ थानसम्म ल्याएमा
भन्सार तिर्नुपर्छ ।
व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले
आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि
२/२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन सक्छन् । चुरोट दुईसय
खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म पनि समदरमा ४० प्रतिशत भन्सार लाग्छ ।
Loading...