अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका वडा नं . १ र २ का बजार क्षेत्रमा छोडुवा गाई गोरु हरुका कारण विभिन्न शास्ती भोगेका बजारबासिहरुको गुनासोको सुनुवाइ भएको छ ।सुन्दा र देख्दा सामान्य लागेपनी आफ्नो करेसाबारिमा दुख गरेर तैयार गरिएका तरकारी फलफुल हरुको नोक्सान गरेर दुख दिईरहेका छोडुवा गाईगोरु लाई नगरपालिकाका प्रमुख र उपप्रमुख को निर्देशनमा वडा अध्यक्ष युबराज बन्जाडे र मोतिजंग रायमाझी ले आफ्नै पहलमा ती गाइगोरु पाल्ने ब्यक्तिको खोजी गरि आज झन्डै ३ दर्जन गाइगोरु गुल्मी जिल्लाको पुर्कोट क्षेत्रमा पर्ने मलागिरी पठाउनु भएको छ ।
यसबाट बजारबासिहरु अब ढुक्क ले आफ्नो खेतबारी, करेसाबारिमा खेतिगर्न पाउने भएका छन ।हुन त यसभन्दा पहिला पनि त्यस्तै छोडिएका गाईगोरुलाई गौशाला निर्माण गरि रतहले ,अर्घा गर्दै हाल नरपानीमा ब्यबस्थापन गरिएको छ । हिन्दु हरुको माताको रुपमा मान्दै आइरहेका गाईगोरु हरु यसरी बजार क्षेत्रमा छोडने चलन लाई बन्द नगरेसम्म त स्थाई समाधान हुन सक्दैन । दिन भरी मोटरबाटो ,खोला छेउमा रहने र रात परेपछि जहाँ खेतीबाली छ त्यहाँ गैइ खेतिबाली खाइदिने ,नोक्सान गरिदिने गर्दा किसानले रिसले पिडदै पिडदै आफ्नो क्षेत्र बाट लखेटेको देख्दा कतै धर्मको नाममा गाई दान गरेकोमा उल्टै पाप त लागेन भन्नेहरुको पनि कमि थिएन ।
उमेर छदाँसम्म गाइको दूध खाने गोरु जोत्ने र बूढो भएपनी पाल्न धौ भएर तथा मानिसको मृत्यु पछि स्वर्गमा गाइको पुच्छर छोपेर बैतर्नी नदि तरिन्छ स्वर्गमा पुगिन्छ भन्दै ब्राह्मणलाई गाई दान दिने पछि ति गाइगोरुहरु रातको समयमा बजार क्षेत्रमा छोडी दिएका कारण पनि बजारबासिका लागि टेन्सनको बिषय भएको थियो । जे होस केही दिन पहिला वडा का किसान हरुको बाँदर द्वारा नोक्सान गरेकोमा त्यसको सुरक्षा गर्न बाँदर हेरालुको लागि प्रत्येक वडालाई एक एकलाख छुट्टाइएको थियो । बिहान १० देखि ५ बजेसम्म कार्यालय मा बसेर जनताको काम पनि गर्नु पर्ने र यी र यस्ता जनताका गुनासा पनि समाधान गर्न पर्ने भएकोले अहिले अध्यक्ष हरुलाई भ्याई नभ्याइ छ । निस्वार्थ रुपमा जनताको सेवागर्न जनप्रतिनिधि भएर निर्बाचित भएका प्रतिनिधि हरुलाई हामी सबैले सकारात्मक रुपले साथ र सहयोग गरौं । नगरको बिकास र समृद्धिको लागि सबै उनिहरुको नै ठेक्का हो भन्ने भावना नराखौ ।हामिले हाम्रो अधिकार खोज्नुको साथ साथै आफ्नो कर्तब्य पनी नबिर्सौ ।
Loading...