यु ए ई मा रहेका हजारौ अर्घाखाँची बाशीहरुको सुख दु:ख को चौतारी अर्घाखाँची संपर्क समिती यु ए ई को रास अल खिमा क्षत्रिय समिती ले नयाँ बर्ष २०७४ को अबसर पारेर भब्य कार्यक्रम सम्पन्न गर्यो। रास अल खिमाको डाडोमा सम्पन्न भएको उक्त बनभोज तथा शुभकामना कार्यक्रम सयौ अर्घाखाँची बाशी तथा गैर अर्घाखाँची बाशीहरुको उपस्थिती रहेको थियो।
गत बर्ष जस्तै यो बर्ष पनि बैशाक एक अबसरमा यु ए ई का बिभिन्न स्थानहरुबाट यातायातहरु रिजर्ब गरेर जानेहरु को घुईचो रह्यो। बिभिन्न नेपाली स्वादका अचारहरु, पुलाउ तथा खसीका पारीकारहरु सजिसजाउ उक्त बनभोजमा संगीतको पनि जोडतोड को पस्तुति थियो। अर्घाखाँचीका चर्चित गायकहरु करुण कुवर, एम घर्ती, निलम पुन लगायतका कलाकारहरुले उपस्थिती सबैलाई कम्मर मर्काइ मर्काई नाच्न वाध्य बनाएका थिय।
अर्घाखाँची रास अल खिमा समिती का उपाध्यक्ष गुन्ज बस्नेले सन्चालन गर्नु भएको सो कार्यक्रममा क्षत्रिय समितीका अध्यक्ष टामटाल पाण्डेको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा समितीका केन्द्रिय अध्यक्ष राजु खड्का ले सस्थाका बारेमा प्रस्ट पार्दै सुभकामना मन्तब्य राख्नु भयको थियो। साथै मन्तब्य राख्नेहरुमा नेपाल पत्रकार महासंघ युएईका सचिब मेघराज सापकोटा, समाज सेवी तथा इनासमा प्रतिनिधि राम लगायतका अतिथीहरु रहनु भएको थियो।
सो कार्यक्रममा भब्य रुपमा सम्पन्न गर्नको लागि रास अल खेमामा रहेका सक्रिय सामाजिक संघ संस्थाहरु बाग्लुङ सेवा समाज, झापलि समाज, दैलेख समाज, गैर आबासिय नेपाली संघ, दाङ देउखोरी समाज लगायतका संस्थाहरु,राजनैतीक दलका भात्री संगठनहरु र सामाजिक ब्यक्तित्वहरु निकै ठुलो भूमिका रहेको थियो।
कार्यक्रममा थप शोभा बढाएर बाग्लुङ समाज कि बाल कलाकार प्रतीक्षा शर्माले उपस्थितलाई छमछम नचाएकी थियिन। बस्ती शहर बाट टाढा रहेको रमणिय स्थानमा २५० भन्दा बढीलाई मिठो मिठो नेपाली पारीकार खुवाउन र उपस्थीती पाहुनाहरुलाई नयाँ बर्षको दिनलाई यादगार बनाउनको लागि भान्सामा अन्य जुजारु साथीहरुको भुवन गैरे ले नेत्रित्व गर्नु भएको थियो भने सो कार्यक्रममा कार्यक्रमका सम्योजक माधब भुसाल र कार्यक्रम ब्यबस्थापन तिलक भुसाल को अंुल्य योगदान रहेको थियो।
अन्तमा उपस्थिती सम्पूर्णलाई नयाँ बर्षको शुभकामना दिदै कार्यक्रमलाई २०७४ कै सफल कार्यक्रम बनाउन सघाउने सम्पूर्ण मान्यजनहरु प्रती आभार प्रकट गर्दै दुबइ बाट कारीब १०० जना अर्घाखाँची र गैर अर्घाखाँचीलाई ब्यबस्थापन गर्दै त्यहा सम्म पुराउन खटिनु भएका दुबइ क्षत्रिय अध्यक्ष जे पि पोख्रेल र केन्द्रिय सचिब घनश्याम ज्ञवाली प्रती आभार प्रकट गर्दै अध्यक्ष टामलाल पाण्डेले कार्यक्रमको समापन गर्नु भएको थियो।
Loading...




